तीनवटा विवाह गर्ने वडाध्यक्षले संविधान दिवसमा माफी

२ बर्ष अगाडि

संविधान दिवसको अवसरमा सल्यान जिल्लाका तीनवटा विवाह गर्ने वडाध्यक्षले माफी पाएका छन् । तीनवटा विवाह गर्ने बनगाड कुपिण्डे नगरपालिका–९ का वडाध्यक्ष इन्द्रबहादुर कुमाई र उनकी कान्छी श्रीमतीले माफी पाएका हुन् ।

बहुविवाह गरेको आरोपमा वडाध्यक्ष इन्द्रबहादुर कुमाईलाई २० मंसिर २०७७ मा दाङमा पक्राउ गरेर जिल्ला कारागार सल्यानमा कैद भुक्तान गरिरहेका थिए । वडाध्यक्षले अर्काको श्रीमती भगाएर तेस्रो विवाह गरेका थिए । वडाध्यक्ष कुमाईले तेस्रो विवाह गरेकी भनिएकी महिला ग्वामी विष्टलाई समेत माफी पाएकी छन् । 

उनले गतवर्षको मंसिर १ गते (भाइटीकाको दिन) गाउँकै नोखिराम बोहराकी श्रीमती ग्वामी विष्ट (गौरी बोहोरा) लाई तेस्रो श्रीमतीका रुपमा भित्र्याएका थिए।

वडाध्यक्ष कुमाइले घटनालाई लुकाउन तेस्रो श्रीमतिका पूर्व पति नोखिरामलाई जारी स्वरुप तीन लाख ८० हजार र ऋण तिर्नको लागि तीन लाख ९५ हजार गरी कुल सात लाख ७६ हजार समेत तिरेका थिए । 

तर वडाध्यक्षले घरमा दुई वटी श्रीमती हुँदाहुँदै तेस्रो बिहे गरेको भन्दै केही स्थानीयले प्रहरी कार्यालयमा बहुविवाह गरेको कसुरमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा प्रहरीले जिल्ला अदालत सल्यानबाट पक्राउ अनुमति लिई शुक्रबार साँझ पक्राउ गरि कानूनी प्रकृयामा लगेको थियो ।  

संविधानको धारा २७६ अनुसार विभिन्न कारणले कैद भुक्तान गरिरहेका कैदीहरूको चालचलनका आधारमा बाँकी कैद माफी दिने व्यवस्था रहेको छ ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया