माओवादीले २ लाख ८५ हजार पदमा निर्वाचनबाट नेतृत्व चयन गर्ने

२ बर्ष अगाडि

सहमति र जनवादी केन्द्रीयता भन्दै माथीबाट तोकेको व्यक्तिलाई नेतृत्वमा छान्दै आएको नेकपा माओवादी केन्द्रले  निर्वाचनमार्फत नेतृत्व चयन गर्ने भएको छ ।

वडादेखि केन्द्रीय समितिसम्म सबै तहका नेतृत्व निर्वाचनमार्फत चुन्ने गरी माओवादी केन्द्रले कार्यविधि तयार गरेको हो । 

कार्यविधी अनुसार वडा, प्रदेश तथा संघीय निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय समिति गरी दुई लाख ८५ हजार पदहरुमा निर्वाचनमार्फत नेतृत्व चयन हुने केन्द्रीय कार्यालय इन्चार्ज एवं स्थायी समिति सदस्य वर्षमान पुन (अनन्त)ले बताए । 

अहिले तल्ला कमिटीहरुको भेला सम्मेलन गरिरहेको माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म गर्ने निर्णय भएको छ । 

हिँजो सोमबार केन्द्रीय निर्वाचन समितिको भर्चुअल अभिमुखीकरण बैठक राखेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै तहको नेतृत्व निर्वाचन प्रक्रियाबाट चयन हुने भन्दै त्यसैअनुसार तयारीमा जुट्न मातहत कमिटीलाई निर्देशन दिएका थिए ।

२ बर्ष अगाडि

प्रतिक्रिया