पौडेल पक्षले अहिलेसम्म पाएन कुनै मन्त्रालय

२ बर्ष अगाडि

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा एकलौटी रुपमा मन्त्री नियुक्त गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूह रुष्ट बनेका छन् ।

प्रधानमन्त्री देउवाले सांसद डा। नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेपछि पौडेल समूह असन्तुष्ट छ । मंगलबार बसेको सत्तारुढ गठबन्धनको बैठकमा खड्कालाई परराष्ट्र मन्त्रीको रुपमा नियुक्ति गर्ने सहमति बनेको थियो ।  

प्रधानमन्त्री देउवाले हालसम्म पार्टीका तर्फबाट परराष्ट्रमन्त्रीसहित चार जना मन्त्री नियुक्त गरेका छन् । तर, पौडेल पक्षले अहिलेसम्म कुनै मन्त्रालय पाएको छैन ।

सरकारमा नियुक्त भएको ७० दिनसम्म मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेर आलोचना खेपेका देउवाले पार्टीमा सहमतिबिना अघि बढेपछि पौडेल खेमा रुष्ट बनेको हो । देउवाले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, गृहमन्त्री बालकृष्ण खाँण र स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेका थिए । 

कांग्रेसले गठबन्धनमा करिब ७ मन्त्रालय पाउने सहमति बनेपनि देउवाले आफूसहित ४ मन्त्री आफू निकटकै नियुक्त गरेका छन् । 

२ बर्ष अगाडि

प्रतिक्रिया