कलाकारको काम दर्शकले मूल्याकंन गर्ने वातावरण बन्नु चाँही सुहाउँदिलो हो : वर्षा शिवाकोटी

२ बर्ष अगाडि

काठमाडौं - अहिले नेपाली चलचित्रमा नायक नायिकालाई दिइने विभिन्न खालका उपाधिले चर्चा पाइरहेको छ । विषेश गरि महानायक र महानायिकाको विषले चर्चा पाइरहेको छ । 

नायक राजेश हमाललाई दिइएको ‘महानायक’ र नायिका करिश्मा मानन्धरलाई दिइएको ‘महानायिका’ उपाधि फेरी विवादमा तानिएको छ । २ दिन अगाडि मात्र नायक भुवन केसी र शिव श्रेष्ठले नायिका गौरी मल्ललाई ‘महानायिका’को उपाधि दिएपछि यसको चर्चा भयो । 

कसैले यी दुई कलाकारको कुरामा सहमति जनाए भने कतिपयले विरोध गरे । यसै विषयमा अभिनेत्री वर्षा शिवाकोटीले कलाकारको काम दर्शकले मूल्याकंन गर्ने वातावरण बन्नु चाँही सुहाउँदिलो भएको बताएकी छिन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै यस्तो भनेकी हुन् । 

उनले लेखेकी छिन् 'हामी सबै चलचित्रकर्मीले त्यही मान्यतामा आफ्नो काम नियमित गर्नुपर्छ । यस कुरामा अग्रजहरूले विषेश ध्यान दिएर त्यसअनुरूपको वातावरण बनाउन सहयोग गरेको हेर्ने चाहना हो । तर पछिल्ला दिनमा सम्माननीय अग्रजहरूको चाहना अर्कै देखियो ।'

साथै वरिष्ठ कलाकारको दर्जा पाइसकेका आदरणीय अग्रज व्यक्तित्वहरुको आ–आफ्नै चाहना यसरी छताछुल्ल भएको हेर्ने मन पटक्कै नभएको बताएकी छिन् । 

 

 

२ बर्ष अगाडि

प्रतिक्रिया