फिल्म ‘बेल बटम’को लगानी उठ्यो, एक महिनामा ५० करोड कमाई

२ बर्ष अगाडि

काठमाडौं- गत १९ अगस्टमा प्रदर्शन भएको अभिनेता अक्षय कुमार स्टारर फिल्म ‘बेल बटम’ ले सुरुवाती दिनमा बक्सअफिसमा अपेक्षाकृत व्यापार गर्न सकेको थिएन । तर, रिलिजको एक महिना पूरा हुँदै गर्दा फिल्मले ठूलो रेकर्ड आफ्नो नाम गरेको छ । 
 
चार दिने विकेन्डमा १३ करोड २५ लाख कमाएको फिल्मले प्रदर्शनको एक महिनामा घरेलु बक्सअफिसमा ३० करोड छापेको छ । त्यस्तै, विदेशमा फिल्मले २० करोड कमाई गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । देश र विदेशको कमाई छाड्ने हो भने फिल्मले प्रदर्शनको एक महिनामा ५० करोड कमाउन सफल भएको छ । ४५ करोडमा बनेको फिल्मले लगानी उठाएको छ । 
 
 फिल्ममा अक्षयका अलावा वाणी कपूर, हुमा कुरैशी, आदिल हुसेन र लारा दत्ताको पनि अभिनय रहेको छ । फिल्ममा लाराले भारतकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिका निर्वाह गरेकी छन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया