गायक प्रमोदकाे ‘आज मेरो दिल जलेर’बोलको गीत सार्वजनिक

२ बर्ष अगाडि

काठमाडौं ।  गायक प्रमोद खरेलको नयाँ गीत बजारमा आएको छ । उनको स्वरमा पछिल्लो पटक ‘आज मेरो दिल जलेर’ बोलको गीत सार्वजनिक भएको हो ।

सार्वजनिक गीत रवी प्याकुरेल अञ्जानले लेखेका हुन् ।  गीतमा राज कुमारको संगीत संयोजन सुन्न सकिन्छ । सार्वजनिक गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ ।

प्रेम पीडालाई प्रस्तुत निकै नै मर्मस्पर्शी गीतको म्युजिक भिडियो एक्का कम्पनी अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको  छ ।

म्युजिक भिडियोमा विक्रम बुढाथोकी,चाँदनी सिल्या र प्रिन्सले स्क्रिन सेयर गरेका छन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया