आईपीएलमा फेरी कोरोनाको प्रभाव,आजको खेल के हुने ?

२ बर्ष अगाडि

काठमाडौं, गत मार्चमा भारतमा आईपीएल जारी रहेका बेला कोरोना महामारीका कारण प्रतियोगिताबीचमै स्थगित गरिएको थियो । सेप्टेम्बर १९ तारिखदेखि युएई र ओमानमा आईपीएलको बाँकी सिजन शुरु भइसकेको छ ।

तर, हरेक प्रतियोगिता अघि खेलाडीको आरटी पीसीआर हुँदै आएको छ । आज आईपीएलमा सनराईजर्स हैदराबाद र दिल्ली क्यापिटल्सको खेल हुँदै छ । तर त्यसअघि नै सनराईजर्सका एक खेलाडीको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

जसका कारण उनको सम्पर्कमा आएका अरु ५ जनालाई पनि आईसोलेशनमा राखिएको छ । खेलाडीलाई पोजेटिभ देखिए पनि आजको खेल भने प्रभावित नहुने जनाइएको छ ।

आज गरिएको परीक्षणमा सनराईजर्सका टी नटराजनलाई पोजेटिभ देखिएको हो । उनको सम्पर्कमा आएका खेलाडी तथा स्टाफहरु आईशोलेशनमा बसेका छन् ।

आइशोलेशनमा खेलाडी विजय शंकर, टिम म्यानेजर विजय कुमार, फिजियो श्याम सुन्दर, डाक्टर अन्जना बन्नन, लजिस्टिक म्यानेजर तुषार खेडकर, नेट बलर पीए गणेशन रहेका छन् ।

आईशोलेशनमा बसेकाहरुको फेरि पीसीआर गर्दा रिपोर्ट भने नेगेटिभ आएको जनाइएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया