दशैंतिहार अफर : ह्यावलका दुई गाडी वा ग्रेटवाल पोअर पिकअप किन्दा ६ लाख सम्मको फाइदा

२ बर्ष अगाडि

काठमाडौं, नेपाली बजारमा हालै उपलब्ध ह्यावलका दुई गाडी जोलियन र एच६ तथा ग्रेटवाल पोअर किन्दा ६ लाख सम्म फाइदा पुग्ने गरी दशैँतिहार लक्षित अफर सार्वजनिक भएको छ । नेपालका लागि आधिकारिक वितरक भीजी इम्पेक्सले ‘चाडपर्वको उमंग, ह्यावल र पोअर चढी दंग’ नामक सो अफर सार्वजनिक गरेको हो ।

यी विभिन्न गाडीमा विभिन्न प्रकारको नगद छुट उपलब्ध हुनेछ । त्यसैगरी एक वर्ष सम्मको सडक कर निःशुल्क हुनेछ भने एसेसरिज र एक वर्ष सम्मको इन्स्योरेन्स समेत निःशुल्क उपलब्ध हुनेछ ।

ह्यावल जोलियनको प्रारम्भिक मूल्य ५७ लाख ९९ हजार रुपैयाा छ । विभिन्न चार भेरिएन्टमा उपलब्ध ह्यावल जोलियनमा रहेको १.५ लिटरको दमदार टर्बो पेट्रोल इन्जिनले ११० किलोवाटको पावर र २२० एनएमको अधिकतम टर्क दिन्छ । यस गाडीमा रहेको पर्याप्त ग्राउण्ड क्लियरेन्स नेपाली सडकको लागि उचित रहेको कम्पनीको भनाइ छ ।

थर्ड जेन ह्यावल एच६ एसयूभीको मूल्य १ करोड ३ लाख ९९ हजार ९९९ रुपैयाँ तोकिएको छ । २.० लिटरको दमदार टर्बो पेट्रोल इन्जिनले अधिकतम आउटपुट दिन्छ । १५० किलोवाटको पावर र ३२० एनएमको टर्क प्रदान गर्ने यो गाडीमा रहेको पर्याप्त ग्राउण्ड क्लियरेन्सले नेपाली सडकमा गाडी गुडाउने अनुभवलाई विशेष आरामदायी अनुभूति प्रदान गर्ने कम्पनीको दावी रहेको छ ।

ग्रेटवालको पोअर पिकअपको प्रारम्भिक मूल्य ७० लाख ९९ हजार ९९९ रुपैयाँ छ ।  यसमा भएको २.० लिटरको डिजेल इन्जिनले १२० किलोवाटको पावर र ४०० एनएमको टर्क जेनेरेट गर्छ । 

कम्पनीले ह्यावलका गाडीमा ५ वर्ष र पोअर पिकअपमा ३ वर्षको वारेन्टी दिने बताएको छ । हाल काठमाडौंको थापाथलीका ग्रेटवाल मोटर्सको सोरुम छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया