दीपक र दीपाले फिल्म ‘कालो कोट’ निर्माण गर्ने, को-को रहला त कलाकार ?

२ बर्ष अगाडि

काठमाडौं, दीपकराज गिरी र दीपाश्री निरौलाले नयाँ फिल्म ‘कालो कोट’ निर्माण गर्ने भएका छन् । ‘छ माया छपक्कै’का सह(निर्माता रोहित अधिकारीसँग मिलेर उनीहरुले फिल्म निर्माणको तयारी गरेका हुन् । 

हाल फिल्मको लेखन तथा कलाकार छनौटको काम चलिरहेको छ । ‘सोसल कमेडी’ विधाको यो फिल्ममा निर्माण टिमले सौगात मल्ललाई लिने भएको छ । 

कालो कोट फिल्ममा दीपकदीपाको समूहबाट दीपक(दीपा र माग्ने बूढा (केदार घिमिरे) मात्र सोझदारको रुपमा रहने जनाइएको छ । 

कालो कोट फिल्म कहिलेदेखि छायांकनमा जानेछ भन्ने कुराको निधो चाहिँ कोरोना महामारीको सम्भावित तेस्रो लहरमा निर्भर हुनेछ ।  यो फिल्ममा तीन अभिनेत्री रहने र उनीहरुसँग अनुबन्धनबारे छलफल भैरहेको जनाइएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया