बिदेशबाट ल्याएको मोबाइल चल्दैछ ? छ प्रावधान ?

२ बर्ष अगाडि

काठमाडौं - विदेशबाट नेपाल फर्किनेले आफन्तलाई चाडबाडका समयमा मोबाइल, ल्यापटप, घडी उपहार ल्याइदिने गरेका छन् ।

गत साउनदेखि नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू गर्यो । आईएमईर्आ दर्ता नभएका मोबाइल नचल्ने भनेर हल्ला पनि फिँजाइयो । तर, अहिले एमडिएमएस लागू गरेरनगरेको उस्तै छ ।

एमडिएमएस लागू भएपछि नेपाल भित्रिएका माबाइल दर्ता गराउनु पर्ने अनिवार्य नियम बनाएपनि कार्यान्वयन भने शून्य छ । शेरबहादुर देउवा नेतृत्वको सरकार आएपछि देखाउनका लागि मात्रै पनि विना तयारीको एमडिएमएस लागू भएको घोषणा गरिएको थियो ।

नियामकले नै लामो समयसम्म प्रणाली लागू गर्न नसक्दा दर्ता प्रक्रिया नै अलमलिएको छ । यो समय मोबाइल दर्ता प्रक्रियालाई व्यापक बनाउनु पर्ने भएपनि दर्ता नभएका मोबाइललाई रोकतोक गर्ने निश्चित संयन्त्र बनिसकेको छैन ।

अहिले विदेशबाट ल्याइएका मोबाइल दर्ता गराउन लाग्ने शुल्कको बिषयमा पनि प्रश्न उठ्ने गरेको छ । तर, एमडिएमएको काम पूर्णरुपमा नसकिएको कारण भन्सारसँग कनेक्सन हुन नसकेको प्राधिकरणका अधिकारीहरू बताउँछन् ।

हालै विदेशबाट ल्याएका मोबाइल दर्ता नगरे पनि बन्द हुने छैनन तर, दर्ता भने अनिवार्य छ । दर्ता नगरेको खण्डमा प्राधिकरणले मोबाइललाई बन्द गराउने संयन्त्र अहिलेसम्म बनाउन सकेको छैन । हाल प्राधिकरणले निशुल्क रजिष्ट्रसन सञ्चालन गरिरहेको छ । निशुल्क दर्ताका लागि समेत सेवाग्राही नआइरहेको अवस्थामा शुल्क तिरेर दर्ता गर्न ग्राहक इच्छुक नहुने बताइएको छ ।

एमडिएमएको हार्डवेयर, सफ्टवेयर लगायतको प्राविधिक काम अझै बाँकी छ । साउन एक गतेदेखि नै मोबाइल आइएमईआई दर्ता गराउनु पर्ने भने पनि बाध्यकारी छैन । प्राधिकरणले मोबाइल दर्ताका लागि लाग्ने शुल्कमा समेत कुनै मापदण्ड बनाएको छैन । जसले गर्दा विदेशबाट आएका मोबाइल एमडिएमएसपछि पनि निर्वाध रुपमा चलिनै रहेका छन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया