चाइजिन फोन साओमिले निम्त्यायो सुरक्षा चुनौति, फोनको प्रयोग नगर्न सुझाव

२ बर्ष अगाडि

काठमाडौं - चाइजिन फोन साओमिले देशको सुरक्षामा गम्भिर चुनौति खडा गरेपछि त्यसको खरीद र प्रयोगमा नै रोक लगाउने तयारी हुन थालेको  छ । लिथुआनियाको रक्षा मन्त्रालयले चाइनिज फोन सायोमिको हालै बजारमा आएको साओमी कर्प (१८१० एचके) मोबाइल फोनमा यस्तो सुरक्षा चुनौति देखिएको भन्दै उक्त मोबाइल फोन नयाँ किन्न नदिन र पुराना पनि प्रयोग गर्न नदिन सुझाएको छ । 

त्यहाँको एक सरकारी रिपोर्ट अनुसार उक्त फोनमा जडिन यन्त्रहरूमा सेन्सरशिप क्षमता रहेको पत्ता लागेको छ । समाचार संस्था रोयटर्सले हालै प्रकाशन गरेको एक समाचार अनुसार  साओमिका फोनहरुमा सेन्सरशिप क्षमता रहेको पाइएपछि त्यहाँको रक्षा मन्त्रालयले नै ती फोनहरू प्रयोगमा नल्याई फाल्न सल्लाह दिएको हो । 

युरोपमा बिक्री गरिँदै आएको चिनियाँ स्मार्ट फोन कम्पनी साओमीको ब्राण्डमा निर्मित साओमी कर्प (१८१० एचके) मा स्वतन्त्र तिब्बत, लामो समयसम्म ताइवान स्वतन्त्रता वा ताइवानको प्रजातन्त्र आन्दोलन, लिथुआनियाको राज्य सञ्चालित जस्ता शब्दहरू पत्ता लगायत सक्ने क्षमता रहेको सरकारी अध्ययन प्रतिवेदनमा पाइएको रोयर्टसले जनाएको छ । जुन लिथुआनीमा सरकारी संयन्त्र साइबर सेक्यसरिटिजले समेत पुष्टि गरेको समाचारमा उल्लेख छ ।

साओमीको ‘एमआई १० टी’ फाइभ जी फोनको सफ्टवेयर क्षमता युरोपियन संघ क्षेत्र को लागि बन्द गरिएको थियो । तर, जुनसुकै बेला डाटाबाट समेत त्यसलाई अन गर्न सकिने देखिएपछि सुरक्षा चुनौति थपिएको त्यहाँको साइबर सुरक्षा केन्द्रले जनाएको छ । 

हाम्रो सिफारिस भनेको नयाँ चिनियाँ फोन नखोज्नु हो र यथाशीघ्र सम्भव भएसम्म पहिलो नै खरिद गरिएका फोनहरुबाट समेत छुटकारा पाउनु हो, त्यहाँको रक्षा उपमन्त्री मार्गिरिस अबुकेभियसियसले रिपोर्ट पेश गर्ने क्रममा पत्रकारहरूलाई भने । यस विषयमा रोयटर्सले प्रश्न गर्दा साओमिले कुनै जवाफ नदिएको समाचारमा जनाइएको छ । 

लिथुआनीया र चिनको सम्बन्ध पछिल्लो समय बिग्रिएको छ । चिनले लिथुलियालाई आफ्नो प्रभावको क्षेत्रमा रुपमा लिने गरेको भए पनि अन्य देश त्यसको विपक्षमा छन् । अमेरिकी राष्ट्रपति जो विडेनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले गत साता लिथुआनीयाकी प्रधानमन्त्री इन्ग्रिडा सिमोनिटेसँग कुरा गरेर चिनको दबदबाको बाबजुद आफ्नो देशको समर्थनमा जोड दिएका थिए । 

नेशनल साइबर सेन्टरको रिपोर्टमा यो पनि भनिएको छ कि शाओमी फोनले सिंगापुरको एक सर्भरमा एन्क्रिप्टेड फोनको उपयोग डाटा पठाउँदैछ । चीनको हुवावेको पि ४० फाइभ जी फोनमा पनि एउटा सुरक्षा समस्या भेटिएको थियो । तर अर्को चिनियाँ निर्माता वन प्लसको फोनमा भने केही भेटिएको थिएन ।

वाल्टिक्समा हुआवेको प्रतिनिधिले विएनएस समाचारलाई प्रयोकगकर्ताको डाटा वाहिर नपठाउने दावी गरेको समाचारमा जनाइएको छ । रिपोर्टमा जनाइए अनुसार शाओमी फोनको स्टिम एप्स्द्धारा पुर्वनिर्धारित इन्टरनेट ब्राउजर सहित सेन्सरगर्न सकिने सर्तहरुको सूचिमा हाल ४४९ सर्तहरु समावेस गरिएको छ । 

जुुन लगातार अपडेट गरिन्छ । रिपोर्टमा लिथुआनिमा मात्र होइन सवै देशहरु जो शाओमी उपकरणहरु को प्रयोग गर्छन ती सवैकालागि महत्वपूर्ण छ भनिएको छ । 
 

२ बर्ष अगाडि

प्रतिक्रिया