अनलाइन बैंकिङ गर्दा के-के कुरामा ध्यान दिने ? यस्ता छन् टिप्सहरु

२ बर्ष अगाडि

काठमाडौं- बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवाप्रदायकले पनि प्रयोगकर्तालाई डिजिटल प्लेटफर्ममार्फत नै कारोबार गर्न प्रोत्साहन गरिरहेका छन् । तर अनलाइनबाट कारोबार गरिरहँदा हरेक प्रयोगकर्ता सजग हुनुपर्छ । यसबीचमा नेपाल दूरसञ्चार प्राधिकरणले प्रयोगकर्तालाई अनलाइन बैंकिङ ९मोबाइल बैंकिङरइन्टरनेट बैंकिङ० प्रयोग गर्दा ध्यान दिनुपर्ने विषयमा सजग गराएको छ । अनलाइन बैंकिङ गर्दा के कुरामा ध्यान दिने ?

यस्ता छन् अनलाइन बैंकिङ गर्दा ध्यान दिनुपर्ने महत्वपूर्ण टिप्सहरु

अनलाइन बैंकिङको प्रयोग गर्नुअगाडि आफ्नो बैंकको अनलाइन बैंकिङसम्बन्धी नियम प्रक्रिया आदिबारे जानकारी लिनुपर्छ ।

अनलाइन बैंकिङ सेवा प्रयोग गर्दा सम्बन्धित बैंकको आधिकारिक वेबसाइट प्रयोग गर्ने । मोबाइल बैंकिङ का लागि आधिकारिक मोबाइल एप पहिचान गरेर मात्र इन्स्टल गर्ने र प्रयोग गरौं ।

अनलाइन बैंकिङमा प्रयोग हुने कम्प्युटररमोबाइलरल्यापटपमा अनिवार्य रुपमा पासवर्डरप्याटर्नरपिनरबायोमेट्रिक आदिको प्रयोग गरी लक गर्ने गरौं ।

अनलाइन बैंकिङको यूआरएल सधैं टाइप गरी र कहिले पनि ईमेल लिंक वा अन्य वेबसाइटमा रहेको हाइपरलिंक क्लिक गरी प्रयोग नगरौं ।

अनलाइन बैंकिङको लागि Multi-Factor Authentication (जस्तै Two Factor Authentication, Mobile Number, OTP Fingerprintइत्यादि) को प्रयोग गरौं ।

Banking Transaction को मोबाइल (SMS / Email) Notification सेवा अनिवार्य प्रयोग गरौं ।

आफ्नो Bank Statement नियमित चेक गरौं ।

आफ्नो Bank Account, Password, PIN Code, CVC, OTP कहिले पनि कसैलाई नदिउ । बैंकका कर्मचारीहरुले कहिले पनि तपाइँको Password, PIN Code, CVC, OTP जस्ता विवरण नमाग्ने हुँदा Fake Call/Scam हरुबाट बचौं ।

Online Banking को लागि बलियो पासवर्डको प्रयोग गरौ र नियमित परिवर्तन गरौ ।

आफ्नो अनलाइन बैंकिङकोLogin Credential कहिले पनि Browser आदिमा Save नगरौं । अनलाइन बैंकिङ सेवा प्रयोग गरि सकेपछि Logout/Sign out  गर्न नभुलौं

सार्वजनिक स्थलका Computer (जस्तै Cyber Café etc.) वा सार्वजनिक Wi-Fi को प्रयोग गरी Online Banking सेवा प्रयोग नगरौं ।

अनलाइन बैंकिङको लागि प्रयोग गरिने Computer / Mobile Device तथा Mobile App हरुलाई नियमित अपडेट गरौं ।

आफ्नो बैंक खातामा कुनै शंकास्पद गतिविधि देखिएमा तुरुन्त बैंकमा सम्पर्क गरौं ।

Computer, Mobile, Laptop आदिमा खरिद गरिएका अर्थात खरिद गरिएका Anti-Virus प्रयोग गरौं ।
 ( बैंकिङ खबर) 

२ बर्ष अगाडि

प्रतिक्रिया