रियलमीले ल्यायो टीयूभी राइनल्याण्ड, उच्च विश्वसनीय सर्टिफीकेट प्राप्त पहिलो फोन सी २१ वाई

२ बर्ष अगाडि

काठमाडौं - विश्वमा तिव्र गतिमा बजार विस्तार गर्दै गएको स्मार्ट फोन कम्पनी रियलमीले टीयूभी राइनल्याण्ड उच्च विश्वसनीय सर्टिफीकेट प्राप्त पहिलो स्मार्ट फोन सी २१ वाई सार्वजनिक गरेको छ । 

उत्कृष्ट गुणस्तरमा विश्वास गर्ने रियलमीले नवीनतम् उत्कृष्ट फिचरका साथ सी २१ वाई स्मार्ट फोन ल्याएको हो । यसमा ६.५ इन्च सुपर नाइटस्केप सहित तीन वटा क्यामेरा रहेका छन् । यसै गरी एचडी प्लस मिनी ड्रप फुल स्क्रिन, १२ एनएम ओक्टाकोर प्रोसेसर र ५ हजार एमएएच् ब्याट्री पनि उपलब्ध छ । रियलमी सी २१ वाई युवा पुस्तालाई मध्यनजर गरी निर्माण गरिएको प्रगतिशील स्मार्टफोन हो ।

टीयूभी राइनल्याण्ड उच्चविश्वसनीयसर्टिफीकेट
टीयूभी राइनल्याण्डले सबै तर्फको व्यावसाय, सुरक्षा र गुणस्तर राख्ने विश्वास राख्दछ । सन् २००६ मा टीयूभी राईन ल्याण्डदी गोपनको प्रवद्र्धन र भ्रष्टाचारविरुद्धको लडाईकालागि संयुक्त राज्य वैश्विक उत्पादनको सदस्यबनेको थियो । टीयूभी राइनल्याण्ड उच्च विश्वसनीय सर्टिफीेकेटले विद्युतीय सामग्रीका ग्राहकलाई उच्च गुणस्तरीय सामान प्रदान गर्नुका साथै विश्वका मुख्य बजारमा उद्योगको मापदण्ड पूरा गर्ने प्रवन्ध गर्छ ।

रातमा उत्कृष्ट तस्विरका लागि सुपर नाइट स्केप मोडसहितको एआई त्रिपल क्यामेरा
रियलमी सी २१ वाईमा १३ मेगापिक्सलको प्राथमिक क्यामेरा छ । जसले चार गुणासम्म जुमगर्न सक्नुका साथै पीडीएफ अटोफोकसको पनि समर्थन गर्छ । फोटो दिनको उज्यालोमा मात्रै नभएर मधुरो र अँध्यारो वातावरणमा पनि चम्किलो, कलरपूर्ण र स्पष्ट खिच्न यस क्यामेराले सक्दछ । पिक्सल स्तर नक्सा अंकित अल्गोरिथमद्धारा क्रोम बढाउन पनि यसले मद्दत गर्छ । ब्राइटनेस र कलरले फराकिलो दायरामा उत्कृष्ट स्क्रिन कन्ट्रास्ट र भिभिड कलर्सको सुविधा दिएका छन् । सेल्फी क्यामेराले ट्रेन्ड सेटिङ्ग फोटो ग्राफीका लागि एआई ब्युटी, एचडीआर मोड, पोट्रेट मोड र फिल्टर डिजाइन समर्थन गर्दछ ।

६.५ इन्च एचडी प्लस मिनी ड्रप फुल स्क्रिन, भिडियोमा धेरै सन्तुष्टी र गेमिङ अनुभूति
रियलमीमा ६.५ इन्चको एचडी प्लस मिनी ड्रप फुलस्क्रिन रहेको छजुन स्क्रीनदेखि बडी सम्मको अनुपात ८९.५ प्रतिशत बढी हुनुका साथै स्लेन्डर अनुपात २०ः९ रहेको छ । जसकारण यो सामाजिक सञ्जाल चलाउन तथा स्क्रोल गर्न पनि धेरै सहज र उत्कृष्ट छ ।

शक्तिशाली गेमिङ सफ्टवेयरका लागि अक्टा–कोर १२ एनएम प्रोसेस
इन्टेरियरमा युनीसोक टी ६१० प्रोसेसरका साथ रियलमी सी २१ वाई यो सेग्मेन्टकै बलियो स्मार्ट फोनका रुपमा आएको छ । युनिसोक टी ६१० एक अक्टाकोर १२ एनएमप्रोसेसर हो । जुन १.८ गीगाहर्ज सम्म छ । सीपीयु १-८ गेजाहर्जमा ए७५ एस र १.८ गीगाहर्जमा ६ पावर सेभिङ ए ५५ कोर गरी दुई उत्कृष्ट प्रदर्शनीलाई सम्बोधन गर्छ । जीपीयु शक्ति प्रभावकारी मालीजी ५२ माउपलब्ध छ । जुन ६१४.४ मेगाहर्ज सम्म पुग्न सक्छ ।

अल्ट्रा फास्ट फिङ्गगर प्रिन्ट अनलक, जसले तपाईँको फोनको सुरक्षा गर्छ
रियलमी सी २१ वाई अल्ट्राफास्ट फिङ्गगर प्रिन्ट अनलक समर्थन गर्दछ । जुन सेकेन्डमै अनलक हुन सक्छ भने फेस रिकग्नेसन अनलक पनि यसले समर्थन गर्दछ । जसकारण एकैपटक छुने बित्तिकै सुरक्षित माध्यमद्धारा अनलक हुन्छ । फिङ्गगर प्रिन्ट र फेस रिकग्नाइज सुविधा भएकाले जोकोहीले फोन अनलक गर्न सक्दैन र तपाईँको फोनमा भएका डेटा सुरक्षित रहन्छन् ।

यसैगरी रियलमी सी २१ वाईमा ३ कार्ड स्लट छन् । जसमा डबल सीम राख्न सक्नुका साथै र एउटा २५६ जीबीसम्मको एसडी कार्ड राखेर मेमोरी दायरा बढाउन सकिन्छ । यो नीलो र कालो गरी दुई कलरमा उपलब्ध छ । यो पकडका लागि सहज छ । स्क्राच र धब्बाको प्रतिरोध गर्दछ । 

२ बर्ष अगाडि

प्रतिक्रिया