आजदेखि लाखौं स्मार्टफोनमा गुगल म्याप, युट्युव, जिमेल पूर्ण रुपमा बन्द

२ बर्ष अगाडि

काठमाडौं । आजदेखि गुगलले लाखौं स्मार्टफोनमा गुगल म्याप, युट्युव, जिमेल लगायत एपमा सपोर्ट बन्द गरेको छ । योसँगै ती मोबाइलमा गुगलका सर्भिस पूर्णरुपमा लक भएका छन् ।

यसको अर्थ आजदेखि ती मोबाइलमा युट्युव, जिमेल, गुगल म्यापलगायतका एप चल्ने छैनन् । 

कम्पनीका अनुसार एन्ड्रोइड २.३ मा आधारित स्मार्टफोनमा अब गुगलको कुनै पनि सर्भिस उपलब्ध हुने छैन । यसको अर्थ प्रयोगकर्ताले त्यस्ता स्मार्टफोनमा गुगलको सर्भिसमा लगइनको अप्सन पाउने छैनन् ।

गुगलको एन्ड्रोइड २.३ भर्सन सन् २०१० मा सार्वजनिक भएको थियो । प्रयोगकर्ताको सुरक्षा ध्यानमा राख्दै अब उक्त भर्सनका स्मार्टफोनमा सपोर्ट बन्द गरिएको हो ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया