डिमाण्ड शुल्क र टिओडी महसुल बढाउने सिफारीस कार्यान्वयन नगर्न उर्जा मन्त्री समक्ष अनुरोध

२ बर्ष अगाडि

काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले टिओडी मिटर मार्फत निश्चित समयमा विद्युत महसुल बढि लिन पाउने सिफारिस कार्यान्वयनमा नगर्न उर्जा मन्त्री समक्ष अनुरोध गरेको छ ।

महासंघले डिमाण्ड शुल्क बृद्धि र टिओडी मार्पmत महसुल वृद्धिका लागि नियमन आयोगबाट गरिएको सिफारिस समय सापेक्ष नभएको जनाएको हो । महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा गएको टोलिले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसाललाई मंगलबार विद्युत नियमन आयोग र नेपाल विद्युत प्राधिकरणका पछिल्ला निर्णयहरुप्रति गम्भीर ध्यानाकर्षण गराएको छ । 

दुवै निकायबाट भएका निर्णयहरु समग्रमा उद्योग व्यवसायलाई निरुत्साहित गर्ने हिसावले आएकाले त्यसलाई तत्काल संशोधन गर्न महासंघले आग्रह गरेको छ । नियमन आयोगद्वारा गत भदौ ३० गते सार्वजनिक सूचना प्रकाशित गरि डिमाण्ड शुल्क बढाउन सिफारिस गरेको थियो भने प्राधिकरणले लामो समयदेखि विद्युत खरिद सम्झौता (पीपीए) रोकि राखेको अवस्था छ । 

साथै २०७५ साल फागुनदेखि रोकी राखिएको पीपीए भौतिक पूर्वाधार भएका र ग्रिड सुनिश्चित भएका आयोजनाहरुको पहिचान गरी ती आयोजनाहरुसंग तत्काल पीपीए गर्न टोलिले अनुरोध गरेको थियो ।

२ बर्ष अगाडि

प्रतिक्रिया