डिशहोमको नयाँ योजना : स्पेन घुमाउने, लालिगा सिजन टिकटमार्फत फूटबल हेर्न पाउने

२ बर्ष अगाडि

काठमाडौं - डिशहोमले ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन योजना ल्याएको छ । उक्त योजना मार्फत डिशहोमले नयाँ लाइन जोड्ने चार जना ग्राहकहरूलाई स्पेन घुमाउने भएको छ । 

उक्त योजना असोज ११ गतेदेखि लागू भएको डिशहोमले जनाएको छ । यो योजना प्रभु टिभि, सिम टिभी, र डिशहोम फाइबरनेटको जडानमा पनि उपलब्ध रहेको पनि डिशहोमले पनि जनाएको छ । 

विजेताको छनौट लक्की ड्रमार्फत गरिने र त्यसको प्रत्यक्ष प्रसारण विभिन्न टिभी च्यानलहरूमा गरिने बताइएको छ । यस्तै नयाँ कनेक्सनमा ग्राहकहरूले २ हजार रुपैयाँ सिजन टिकट पनि निशुल्क प्राप्त गर्न सक्नेछन् । 

लालिगा सिजन टिकटमार्फत डिशहोम, प्रभु टिभी, र सिम टिभीका ग्राहकहरूले स्पेनको घरेलु तथा सबैभन्दा माथिल्लो दर्जाको फुटबल लिगको लिइने लालिगा हेर्न सक्नेछन् । 

लालिगाको खेलहरू डिशहोमको खेल च्यानल एक्सन स्पोर्टस एचडी २ मार्फत प्रसारण भइरहेको छ । 
 

२ बर्ष अगाडि

प्रतिक्रिया