किरा लाग्नबाट जोगाउने बोराको उत्पादन शुरू

२ बर्ष अगाडि

प्याकेजिङ्ग गर्दा किरा लाग्नबाट बचाउने बोराको उत्पादन नेपालमै सुरु भएको छ ।  निम्बस कम्पनीले भेस्टगार्डको जीरोफ्लाई प्रविधियुक्त नो–किरा बोराको उत्पादन सुरु गरेको हो । 

अन्न, बीज र दाललाई सुरक्षित भण्डारण गर्ने जीरोफ्लाई एक परिवर्तनकारी प्रविधि हो। साना तथा मझौला किसान र व्यापारीहरुलाई किरा प्रभावित स्थानमा पनि यस झोलामा भण्डारण गर्दा जोखिम हुँदैन । 

बोराको उत्पादन गरिसकेको कम्पनीले यसको बजार परीक्षणमा रहेको जनाएको छ । 

नो–किरा बोराले किसान, व्यापारी र मिल सञ्चालकहरुलाई किरा रहित भण्डारण गर्ने सुविधा दिन्छ। यस झोलाको हरेक रेसामा रहेको किटनाशकले किरा लाग्नबाट जोगाउछ र उत्पादनको प्रभावकारिता वृद्धि गर्छ। यस झोला बनाउन प्रयोग गरिएको कच्चा पदार्थ विश्व खाद्य संगठन र विश्व स्वास्थ्य संगठन मान्यता प्राप्त हो। यसलाई कोडेक्स, अमेरिका र यूरोपियन यूनियनले खाद्य सुरक्षा भित्र वर्गीकृत गरेको छ । 

थुप्रै विकसित राष्ट्रहरूमा आफ्नो प्रभावकारिता देखाइसकेको यो उच्च प्रविधि १० वर्षको अनुसन्धान र विकासको प्रतिफल हो ।

नो–किरा झोलाहरु बीउ र अन्नहरुमा हुने घाटालाई कम गर्छ । कम्पनीलाई विश्वास छ यस उत्पादनले नेपाली बजारमा छिटै स्थापित गर्नेछ । यो झोला चाडै नै २५, ३५ र ५० किलोमा उपलब्ध हुने छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया