टिकटकका मासिक सक्रिय प्रयोगकर्ता १ अर्ब माथि, सबैभन्दा डाउनलोड गरिने एपहरुको शीर्ष स्थानमा

२ बर्ष अगाडि

काठमाडौं, टिकटकका मासिक सक्रिय प्रयोगकर्ता १ अर्ब नाघेका छन् । 

गत वर्ष पहिलो पटक टिकटकले फेसबुकलाई उछिनेर सूचीको शीर्ष स्थानमा उक्लिएको छ । 

‘मासिक रुपमा विश्वका १ अर्बभन्दा बढी प्रयोगकर्ता अब टिकटकमा जोडिएका छन’, कम्पनीलेले ब्लगमा भनेको छ, ‘जहाँबाट उनीहरूले सिक्ने, हाँस्ने र केही नयाँ जान्ने अवसर पाएका छन् । हामी यति धेरै प्रयोगकर्ताको घर, साना साना व्यवसायीको बिजनेश प्लेटफर्म, सेलिब्रेटीको आफ्ना फलोअरसँग भेट्ने माध्यम हुन पाउँदा खुशी छौं ।’

टिकटक अहिले विश्वमा सबैभन्दा डाउनलोड गरिने एपहरुको सूचीमा एक नम्बरमा छ । अहिलेसम्म विश्वव्यापीरुपमा यो एप २ अर्बपटक डाउनलोड गरिएको छ । एप ट्रेस नामक वेबसाइटका अनुसार टिकटक एप अहिले विश्वका १४१ ओटाभन्दा बढी देशमा उपलब्ध छ । यीमध्ये १३५ ओटा देशमा यो सर्वाधिक लोकप्रिय एपका रुपमा रहेको छ । सामाजिक सञ्जालमा गरिने पोष्टमा सबैभन्दा बढी इंगेजमेन्ट हुने टिकटकमा नै हो ।

२ बर्ष अगाडि

प्रतिक्रिया