म्यूजिक भिडियोबाट चर्चाको शिखरमा पुगेकी मलिकालाई फिल्म अफरको ओइरो

२ बर्ष अगाडि

काठमाडौं, लकडाउनमा सार्वजनिक भएको ‘फुलबुट्टे साडी र टाढा भए पनि’ बोलको म्यूजिक भिडियोले मलिका महतलाई चर्चाको शिखरमा पुर्‍यो । अहिले उनी म्यूजिक भिडियोमा सर्वाधिक माग भएकी मोडलमा पर्छिन् ।  

फिल्म ‘यात्रा’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनलाई  फिल्म अफरको ओइरै लागेको छ ।
 
पहिलो लकडाउनपछि उनलाई गोपीकृष्ण मुभिजको हिट फिल्म ‘पर्खि बसेँ’ को सिक्वेलबाट अफर भएको थियो । यसपछि निर्देशक विकासराज आचार्यले ‘नाईं नभन्नू ल ६’ को प्रस्ताव गरे । अहिले उनलाई साइन गराउन फिल्म ‘सत्यम्’ को टिम प्रयास गरिरहेको छ । उनलाई अरु पनि प्रतिष्ठित ब्यानरबाट फिल्म अफर भएको जानकारीमा छ । तर, उनले भने कुनै फिल्म साइन गरेकी छैनन् ।
 
स्रोतका अनुसार, मलिकालाई फिल्म ‘नाईं नभन्नू ल ६’ बाट अफर भए पनि अब निर्माण टिमले उनलाई नलिने निधो गरिसकेको छ । ‘पर्खि बसेँ २’ र ‘सत्यम्’ मा भने उनले काम गर्ने सम्भावना प्रवल छ । उनी यी दुई फिल्ममा काम गर्न तयार भएको खण्डमा पल शाहसँग उनको जोडी बाँधिन सक्छ । ‘सत्यम्’ मा पल पक्का भइसकेका छन् भने ‘पर्खि बसेँ २’ को अफर पनि उनलाई पुगेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया