२०२२ मा ठूलो टक्कर : अक्षय र प्रभास भिड्दै

२ बर्ष अगाडि

काठमाडौं, फिल्मको प्रदर्शन मिति घोषणा गर्न निर्माताबीच चलेको हानाथापले केही फिल्मको रिलिज डेट जुधेको छ । शनिवार अक्षय कुमार अभिनीत फिल्म ‘सूर्यवंशी’ ले तिहारलाई रिलिज डेट तय गर्‍यो । आइतवार उनी अभिनीत अर्को दुई फिल्म ‘रक्षाबन्धन’ र ‘बच्चन पान्डे’ ले पनि प्रदर्शन मिति तोकेको छ । जसमध्ये ‘रक्षाबन्धन’ को भिडन्त साउथ सुपरस्टार प्रभासको फिल्मसँग हुने भएको छ ।
 
प्रभास अभिनीत प्रतिक्षीत फिल्म ‘आदिपुरुष’ भारतको स्वतन्त्रता दिवसको अवसर पारेर ११ अगस्ट २०२२ बाट प्रदर्शनमा आउने तयारीमा छ भने अक्षयको ‘रक्षाबन्धन’ ले पनि रिलिजका लागि यही डेट लक गरेको छ । स्वतन्त्रता दिवसमा विदा हुने भएकाले यी दुई फिल्मले रिलिजका लागि यो मिति रोजेका हुन् । तर, एकै मितिमा दुई ठूला फिल्म रिलिज हुँदा घाटा दुवैलाई हुने निश्चित छ । 
 
ओम राउत निर्देशक रहेको ‘आदिपुरुष’ मा प्रभासका अलावा सैफ अली खान, कृति सेनन र सनी सिंह मुख्य भूमिकामा छन् । 

२ बर्ष अगाडि

प्रतिक्रिया