लभस्टोरी फिल्ममा सर्वाधिक रुचाइएका रणबीर कपूर फरक रोलमा देखा पर्दै

२ बर्ष अगाडि

काठमाडौं, अभिनेता रणबीर कपूर आफ्नो नयाँ फिल्म ‘शमशेरा’ का कारण चर्चामा छन् । भारतीय मिडियाका अनुसार, फिल्ममा उनी पिता र छोराको भूमिका ९डबल रोल० मा देखिनेछन् । 
 
लभस्टोरी फिल्ममा सर्वाधिक रुचाइएका कपूर यस फिल्ममा भने फरक रोलमा नजर आउनेछन् । उनले फिल्ममा हार्डकोर एक्सन गरेका छन् ।
 
फिल्‍मको एक्सन सिनमा १८औं शताब्दीका हातहतियार प्रयोग गरिएको छ भने कमालिस्‍तान स्‍टूडियोमा ५ सय जूनियर कलाकारको उपस्थितिमा एक्सन सिन फिल्मांकन गरिएको हो । 

‘शमशेरा’ मा सञ्जय दत्त हार्डकोर भिलेनको भूमिकामा देखिँदैछन् । यशराज फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा अभिनेत्री वाणी कपूरको पनि अभिनय छ । करण मल्होत्रा निर्देशित यो फिल्म २०२२ मार्च १८ तारिख (फागु पूर्णिमा) देखि प्रदर्शन हुनेछ ।

२ बर्ष अगाडि

प्रतिक्रिया