मासिक रु. ८ हजार ५५६ किस्तामै यामाहाको बीएस६ एमटी–१५ सकिने

२ बर्ष अगाडि

काठमाडौं, नेपाली बजारमा हालै भित्रिएको बीएस६ इन्जिनयुक्त यामाहा एमटी–१५ किन्न चाहनेका लागि ३० महिना वा १८ महिना सम्म मासिक किस्ता तिर्न सकिने सुविधा उपलब्ध छ ।

ग्राहकले आफूलाई सहज हुने तरिकाले आफू अनुकूल सुविधामा यो मोटरसाइकल खरिद गर्न सक्छन् ।

शुरुमा ५० प्रतिशत रकम डाउन पेमेन्टको रुपमा बुझाएर बाँकी रकम मासिक किस्ताको रुपमा बुझाउन सकिन्छ । यसरी ५० प्रतिशत रकम बुझाउदा शुरुमा २ लाख २४ हजार ९५० रुपैयाँ बुझाउनु पर्छ । यसरी शुरुमा रकम बुझाउदा इन्स्योरेन्सको लागि १० हजार ५ सय, नामसारीका लागि ८५० र सर्भिस चार्ज ४ हजार रुपैयाँ समेत बुझाउनु पर्छ । यसरी समग्रमा यो मोटरसाइकल लिनेले शुरुमा २ लाख ४० हजार ३ सय रुपैयाँ बुझाउनु आवश्यक छ ।

बीएस६ यामाहा एमटी–१५ को पहिलो भेरिएन्टको मूल्य ४ लाख ४९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

बाँकी रकम २ लाख २४ हजार ९५० लाई ३० महिना वा १८ महिनाका लागि मासिक किस्ताको रुपमा रकम बुझाउन सकिन्छ । यसरी लिने किस्तामा १०.४८ प्रतिशत ब्याजदर तोकिएको छ । ३० महिना सम्मका लागि मासिक रुपमा ८ हजार ५५६ रुपैयाँ बुझाउनु पर्छ भने १८ महिनाका लागि मासिक रुपमा १३ हजार ५६० रुपैयाँ बुझाउनु पर्छ ।

यसरी फाइनान्समार्फत मोटरसाइकल खरिद गर्नेका लागि  मोटरसाइकल खरिद गर्ने आवेदकले नागरिकताको फोटोकपि, ड्राइभिङ लाइसेन्स, आफ्नो आम्दानीको स्रोत खुल्ने कागजात र हालसालै खिचेको पासपोर्ट साइजको फोटो र विद्युत वा पानीको बिल वा लालपुर्जा उपलब्ध गराउनु पर्छ । ग्यारेन्टी बस्ने व्यक्तिले पनि नागरिकताको फोटोकपि, हालसालै खिचेको पासपोर्ट साइजको फोटो र विद्युत वा पानीको बिल वा लालपुर्जा उपलब्ध गराउनु पर्छ ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया