काठमाडौं - एनसेल आजियाटा लिमिटेड ९पहिले एनसेल प्राइभेट लिमिटेड० ले ज्येष्ठ नागरिकका लागि बन्डल अफरहरुसहितको आकर्षक निःशुल्क सिम योजना संचालनमा ल्याएको छ ।
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०२१ को अवसरमा हिजो शुक्रबारबाट सञ्चालनमा ल्याईएको यस योजना अन्तर्गत ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुले एनसेलको सिम निःशुल्क लिन सक्छन्र । साथै रु ५० वा सो भन्दा बढिको हरेक रिचार्जमा ६ महिनासम्म बोनसका रुपमा पाईने सेवा, सुविधाहरुको फाइदा लिन सक्छन् ।
यो योजनाअन्तर्गत पहिलो रु ५० वा सो भन्दा बढिको रिचार्जमा ज्येष्ठ नागरिकहरुले १०० एमबी डेटा र १०० वटा अननेट एसएमएस बोनस पाउँछन्।त्यस्तै पहिलो रिचार्जपछि त्यस सिमबाट ज्येष्ठ नागरिकहरुले ६ महिनासम्म विशेष छुटसहितको शुल्कमा भ्वाइस, डेटा र भारत कल सेवा लिन सक्छन्।ग्राहकले विशेष छुटअन्तर्गत रु १ प्रतिमिनेटमा भ्वाइस सेवा, रु १ प्रतिएमबीमा डेटा सेवा र रु १.९९ प्रतिमिनेटमा भारतमा कल गर्न सक्छन् ।
यसका साथै यसै योजनाअन्तर्गत रिचार्जमा पनि बोनसको सुविधा रहेको छ । रु ५० देखि रु ९९ सम्म रिचार्ज गर्ने ग्राहकले ७ दिनको समय सिमा रहेको २०० एमबी डेटा बोनस स्वरुप प्राप्त गर्दछन् । त्यस्तै रु १०० देखि रु १९९ सम्म रिचार्ज गर्ने ग्राहकले बोनस बापत ५०० एमबी डेटा पाउँछन्। रु २०० वा सो भन्दा बढि रिचार्ज गर्ने ग्राहकले १ जीबी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । बोनसमा पाईने यी डेटाहरु ७दिनको लागि मान्य रहन्छ ।
ज्येष्ठ नागरिकहरुले आफ्नो नजिकैको एनसेल सेन्टरमा पासपोर्ट साइजको फोटो र नागरिकता लिएर गई सजिलै यो सिमकार्ड लिई सेवा, सुविधाको लाभ लिन सक्छन् । यो योजना असोज २२ गतेसम्म संचालनमा रहनेछ ।
प्रतिक्रिया