सामन्थालाई डिभोर्सपछि जीवन अगाडि बढाउनका लागि नागाको तर्फबाट ५० करोड

असोज १७, २०७८ | आजको अर्थ
ajaako_artha

एजेन्सी - केही दिनदेखि भारतीय मिडियामा साउथका सुपरस्टार जोडी नागा चैतन्य र सामन्था अक्किनैनीकोे डिभोर्स हुन लागेको खबर सार्वजनिक भैरहेको थियो । 

यो बिषयमा यी दुई कलाकारले औपचारिक रुपमा केही पनि बताएका थिएनन् । तर, शनिबार एक प्रेस विज्ञप्ती नै जारी गर्दै आफूहरुले अलग हुने निर्णय गरेको सामन्था जानकारी दिएकी छिन् । सामन्थाले मिडियासँग यो बिषयमा प्राइभेसी दिनका लागि आग्रह समेत गरेकी छिन् । 

सामन्थाले सामाजिक संजालमार्फत विज्ञप्ती जारी गर्दै लेखेकी छिन्–‘धेरै लामो समयको सोचविचार पछि म र नागा चैतन्यले फरक फरक बाटोमा अगाडि बढ्ने र पती–पत्नीको रुपमा अलग हुने फैसला गरेका छौं । हामी सौभाग्यशाली हौं किनकी एक दशक भन्दा लामो समयदेखिको हाम्रो मित्रता नै हाम्रो सम्बन्धको मुख्य हिस्सा थियो र हामी विश्वास गर्छौ कि आगामी दिनमा पनि हामीविच विशेष बन्धन रहनेछ ।’

उनीहरुले सन् २०१७ को अक्टुबर ६ मा गोवामा १० करोड खर्च गरेर बिहे गरेका थिए । सामन्थालाई डिभोर्सपछि जीवन अगाडि बढाउनका लागि नागाको तर्फबाट ५० करोड मिल्नेछ ।


 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८