प्राधिकरणद्धारा धमाधम तार काट्न सुरु, देशभरका इन्टरनेट अवरुद्ध हुनसक्‍ने

आइतबार, १७ असोज २०७८, १३ : ३३

काठमाडौं - नेपाल विद्युत् प्राधिकरणले आफ्नो पोल प्रयोग गरेर इन्टरनेट सेवा उपलब्ध गराइरहेका सेवा प्रदायकको केबल काट्न सुरु गरेको छ। 

शनिबार देशका विभिन्न ठाउँबाट प्राधिकरणले केबल काट्ने काम अघि बढाएको हो । यही असोज १५ गतेभित्र पोलभाडा नवीकरणका लागि तोकिएको समय पूरा भएको भन्दै प्राधिकरणले नवीकरण नगर्ने सेवा प्रदायकको केबल काट्न थालेको हो ।
 
प्राधिकरणले यस्तै काम जारी राखे देशैभर इन्टरनेट अवरुद्ध हुनसक्ने उनको भनाइ छ । नेपाल विद्युत् प्राधिकरणले पछिल्लो १५ दिनमा दुई पटक सूचना प्रकाशित गरी असोज १५ भित्र पोल ओपीजी डब्लू केबलका लागि पोलभाडा नवीकरण गर्न सूचना जारी गरेको थियो ।

तर, पोलभाडा एकतर्फी रूपमा सात गुणासम्म बढाइएको भन्दै निजी इन्टरनेट सेवा प्रदायकले उक्त मूल्यमा नवीकरण गर्न नसकिने भन्दै तोकिएको समयमा पनि नवीकरण गरेका छैनन्।

प्राधिकरणले प्रतिकिलोमिटर ओपिजीडब्लू केबलको भाडा ३२ हजार रुपियाँसम्म निर्धारण गरेको छ।

निजी इन्टरनेट सेवा प्रदायकले पोलभाडा अत्यधिक महँगो भएको भन्दै समाधानका लागि नेपाल दूरसञ्चार प्राधिकरण र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई समाधानका लागि आग्रह गरेको थियो।

आइतबार, १७ असोज २०७८, १३ : ३३

प्रतिक्रिया