यौन हिंसा र ड्रग्स प्रकरणले तरंगित बनेको बलिउड

असोज १८, २०७८ | आजको अर्थ
ajaako_artha

एजेन्सी -क्रुज पार्टीमा पक्राउ परेका शाहरुख खानका छोरा आर्यन खान यतिबेला प्रहरी हिरासतमा छन् । प्रहरीले मुम्बई चलिरहेको क्रुज पार्टीमा छापा मार्दा आर्यनसहित १३ जनालाई पक्राउ गरेको थियो, सहभागीहरूबाट प्रहरीले ड्रग्स र कोकिन बरामद गरेको छ । यद्यपी, आर्यनबाट ड्रग्स बरामद भएको छैन ।

तर, उनले प्रहरी सोधपुछका क्रममा ड्रग्स लिने गरेको स्विकारेका छन् । बलिउडमा विवादको घेरामा तानिएका आर्यन एक्लो सेलिब्रेटी होइनन । कहिले अन्डरवर्ल्ड, कहिले यौन हिंसा त कहिले ड्रग्स प्रकरणले बलिउडलाई तरंगित गरिरहन्छ । 

साइनी अहुजा
ग्याङस्टार फिल्ममा निभाएको मुख्य भूमिकाले साइनी अहुजालाई एकाएक स्टार बनाएको थियो । तर, २०११ मा उनी बलात्कारको अभियोगमा फसे । उनीविरुद्ध आफ्नै घरमा काम गर्ने महिलाले बलात्कारको उजूरी दिइन् । त्यसपछि अहुजाले करियरमा राम्रो कमब्याक गर्न सकेनन् । 

विजय राज 
विजयराज बलिउडका उत्कृष्ट अभिनेता, कमेडियन तथा निर्देशक हुन् । यी अभिनेता २००५ मा ‘दिवाने हुए पागल’ फिल्मको सुटिङका दौरान ड्रग्ससहित अबुदाबीबाट पक्राउ परेका थिए ।  २०१४ मा प्रहरीले देह व्यापारको जालो पत्ता लगाएर धेरै महिलालाई पक्राउ परेको थियो । 

स्वेता बासुप्रसाद
यस्तै अभिनेत्री स्वेता बासुप्रसाद पनि विजयराज सँगै ड्रग्ससहित पक्राउ परेकी थिइन् । उनलाई प्रहरीले रिहाब पठायो, अहिले यी अभिनेत्री आफ्नो करियरमै केन्द्रीत छिन् । 

मन्दाकिनी
अन्डरवर्ल्ड डन दाउद इब्राहिमसँगको प्रेम सम्बन्धका कारण अभिनेत्री मन्दाकिनी निकै चर्चामा आएकी थिइन् । यो सम्बन्ध पुष्टि हुनेगरी फोटोहरु सार्वजनिक भएपछि उनले फिल्म उद्योग नै छाडिन् ।  

अमन वार्मा 
चर्चित टिभी अभिनेता अमन वार्मा एकपटक स्टिंग अपरेशनमा रंगेहात समातिएका थिए । उनले एक युवतीसामु फिल्म उद्योगमा काम लगाइदिएबापत यौन सम्बन्ध बनाउन पाउनुपर्ने प्रस्ताव राखेका थिए । 

 शक्ति कपुर
२००५ मा चर्चित अभिनेता शक्ति कपुर पनि यस्तै महिलामा स्टिंग अपरेशनमा परेका थिए । उनले एक महिला रिपोर्टरलाई फिल्ममा काम लगाइदिने भन्दै यौन सम्बन्धको प्रस्ताव राखेका थिए ।  

राज कुन्द्रा
मुम्बई प्रहरीले केही समयअघि मात्रै पोर्न फिल्म बनाएको अभियोगमा शिल्पा सेट्टीका श्रीमान् राज कुन्द्रालाई पक्राउ गरेको थियो । 

फरदिन खान
२००१ मा कोकिन किन्दै गरेको अवस्थामा फरदिन खान समातिएका थिए । उनलाई प्रहरीले मुम्बईको जुहु इलाकाबाट समातेको थियो । 

सञ्जय दत्त
१९९३ को मुम्बई बम विस्फोटमा संलग्न भएको भन्दै सञ्जय दत्तलाई प्रहरीले उनकै घरबाट पक्राउ गरेको थियो । उनको साथबाट एके ५६ राइफल पनि बरामद गरिएको थियो । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८