नेपाल फोर्ड एभरेष्टको बुकिङ्ग खुल्ला, शुरुवाती मूल्य १.९९ करोड

असोज १८, २०७८ | आजको अर्थ
ajaako_artha

काठमाडौं - फोर्ड नेपालले  प्रिमियम एसयूभी सेग्मेन्टमा उद्देश्यमा आधारीत क्षमताहरु भएकोे फोर्ड एभरेष्टको बुकिङ्ग खुल्ला गरेको छ ।

फोर्ड नेपालले आफ्नो अन्तर्राष्ट्रिय बजारबाट २१३ पीएस पावर र ५०० एनएम टर्क  प्रदान गर्ने नयाँ गाडी न्यू एभरेष्ट २.० लि. वाई –टर्बो को नेपाली बजारमा बुकिङ्ग खुल्ला गरेको घोषणा गरेको हो ।

संसारकै पहिलो १० स्पीड अटोमेटिक ट्रान्समिसन र सेलेक्टसिफ्टसहित जसले सजिलै गति लिन मद्दत गर्दछ र चाहिएको रेन्जमा गियर लक गर्ने लचकता पनि उपलब्ध गराउँछ । 

७ वटा एयरब्यागको सुरक्षा,टेरान म्यानेजमेन्ट सिस्टमको क्षमता एडप्टिभ क्रुज कन्ट्रोलको सहजता, आन्टिपिन्च सेन्सर भएको ह्यान्ड्स फ्री पावर लिफ्ट गेट, ८ इन्च टचस्क्रिन सहितकोे एड्भान्स  SYNC 03  इन्फोटेन्मेन्ट सिस्टम, डुअल जोन इलेक्ट्रोनिक अटोमेटिक टेक्परेचर कन्ट्रोल (Dual zone electronic automatic temperature control) फोर्ड माइकी (FORD MyKey) र अन्य थुप्रै फिचरहरु नेपाली बजारमा फोर्ड एभरेष्ट FORD EVEREST (TITANIUM Variant) को शुरुवाती मूल्य रु. १.९९ करोड रहेको छ । 

अफ–रोडका उत्कृष्ट प्रदर्शन गर्नसक्ने यस गाडीको सर्भिसिङ्ग मूल्य अत्यन्तै किफायती रहेको छ भने यसमा रहेको विशेष सुविधाहरुले नेपालको प्रिमियम एसयूभी बजारमा २०२२ फोर्ड एभरेष्टले एक नयाँ वेन्चमार्क बनाउनेछ । 

विश्व बजार र एसिया क्षेत्रमा फोर्ड एभरेष्ट एकदमै लोकप्रिय एसयूभी हो । पहिलो पटक २००३ मा बजारमा आएको फोर्ड एभरेष्टको अहिलेको दोस्रो संस्करणको मोडल २०१५ देखि बजारमा उपलब्ध भएको थियो । 

परिवारसँगको यात्रा फोर्ड एभरेष्टले एकदमै आरामदायी बनाउँछ । ठूलो गाडी भए पनि एभरेष्ट चलाउन एकदमै सजिलो छ जसमा भएको लाइट स्टेरिङ्गले पाकिङ्ग गर्दा पनि सहज महसुस गराउँछ । यस बाहेक, इन्जिनमा भएको पर्याप्त टर्कको मद्दतले आवश्यक आक्सिलेरेसन पनि सजिलै बढाउन मिल्छ । यस्ता आकर्षक फिचरहरुले फोर्ड एभरेष्ट गाडीलाई ड्राइभिङ्ग गतिशीलतामा विशेष बनाउँछ । 

असाधारण एसयूभी, हरेक कुरामा उत्कृष्ट 
फोर्ड एभरेष्ट मा सुन्दर अल न्यू कन्टेम्पोरेरी स्क्वायर डिजाइन ल्याम्प क्लस्टर डिजाइनको अल–एलइडी हेडल्याम्पस् छ । एलइडी हेडल्याम्पस् ले रातीको समयमा विशेष लो र हाई–बमि  दुबैमा २०५ धेरै प्रकाश दिन्छ ।

इनत्युटिभ कन्ट्रोल : ध्यानमा राखेर डिजाइन गरिएको प्रविधि
सजिलै ह्यान्ड्स फ्रि कल गर्न सकिने । बदलिरहने ट्राफिकको अवस्थामा कन्ट्रोलमा गाडी चलाउन सकिने । तपाईंलाई जे गर्न मन छ, एभरेष्टको इनत्युटिभ  टेक्नोलाजी तपाईंलाई सहयोग गर्न तयार छ । 

पावरफुल  क्षमता : तपाईंलाई धेरै टाढासम्म लान सक्ने क्षमता
फोर्ड एभरेष्टको आधुनिक २.० लि. वाई –टर्बो डिजेल इन्जिन ले इन्धनको क्षमतामा कुनै अवरोध नगरी २१३ पीएस  को पावर र ५०० एनएम सम्मको टर्क दिन्छ । 

पर्पोज ब्युल्ट अफ–रोड क्यापाविलिटी : जस्तोसुकै साहसिक यात्राको लागि पनि सक्षम एसयूभी
चुनौतीपूर्ण र अफ्ठ्यारो बाटोहरुको लागि डिजाइन गरिएको नयाँ एभरेष्ट गाडी सशक्त तयार छ । बाटोको अन्त्यमा के छ थाहा पाउन सकिन्छ । क्षमतावान् एभरेष्टले तपाईंलाई जस्तोसुकै बाटोमा पनि गाडी चलाउन सकिने विश्वास दिन्छ । 

क्लेभर कन्फोर्ट : तपाईं संसारको खोजीमा रहेको अवस्थामा आरामदायी यात्रा
आकर्षक लेदर अपहल्सटर्ड सीट्स, प्रिमियम इन्टेरियर्स, डुअल क्लाइमेट कन्ट्रोल, र डुअल प्यानल सनरुफले एभरेष्ट सँगको हरेक यात्रामा आनन्द दिन्छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८