‘भिटेन’ लाई लिएर फिल्म बनाउँदै नवराज, पारिश्रमिक कति?

२ बर्ष अगाडि

काठमाडौं, नेपाली युवापुस्तामाझ चर्चित र्‍यापर समिर घिसिङ ‘भिटेन’ पनि अब फिल्मको नायक बन्ने भएका छन् । उनले १८ लाख पारिश्रमिक लिएर हालै एक फिल्म साइन गरेका छन् । बुढासुब्बा डिजिटलले निर्माण गर्न लागेको फिल्म ‘रत्नपार्क’ मा उनी अनुबन्ध भएका हुन् ।
 
आइतवार राजधानीमा आयोजित फिल्म ‘डाँडाको बर पीपल’ को ट्रेलर सार्वजनिक कार्यक्रममा बुढासुब्बाका सञ्चालक नवराज गिरीले भिटेनलाई लिएर फिल्म निर्माण गर्न लागेको स्वीकार गरे । तर, उनले पारिश्रमिकको विषयमा भने मुख खोलेनन् । ओटीटी प्लेटफर्म, सिनेमा हल र टेलिभिजनमा रिलिज गर्ने गरी निर्माण हुन लागेको यो फिल्ममा अश्लील शब्दको अत्याधिक प्रयोग हुनेछ ।
 
‘डाँडाको बर पीपल’ प्रदर्शनमा आएपछि भिटेनलाई लिएर नयाँ फिल्म निर्माण गर्न लागेको बुढासुब्बाले अब लगातार फिल्म बनाउने सञ्चालक गिरीले बताए । उनले भने( ‘फिल्म क्षेत्रलाई चलायमान बनाउन र कन्टेन्ट निकाल्नका लागि बुढासुब्बाले ७ वटा फिल्मको घोषणा गरेको छ । त्यसमध्ये एउटा भिटेनलाई लिएर निर्माण हुनेछ । अब बुढासुब्बाले टि(सिरिज जस्तै आफैंले फिल्म बनाउनेछ ।’

२ बर्ष अगाडि

प्रतिक्रिया