लुम्बिनी प्रदेशमा थप २ महिला मन्त्री

२ बर्ष अगाडि

काठमाडौं - लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख अमिक शेरचनले मन्त्री र राज्यमन्त्रीहरुलाई शपथ गराएका हुन् ।

कपिलवस्तुबाट नेकपा माओवादी केन्द्रकी सुष्मा यादव कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था राज्यमन्त्री र नेपाली कांग्रेसकी रिना नेपाल विक पर्यटन राज्यमन्त्री बनेकी छिन् ।

आइतबार शपथ लिनेमा कांग्रेसबाट मन्त्री बनेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पाल्पाका वीरबहादुर राना, वन वातावरण तथा भूसंरक्षण मन्त्री बाँकेका सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीमा रुपन्देहीका वसिउद्दिन खाँ रहेका छन् ।

त्यस्तै माओवादी केन्द्रबाट मन्त्री बनेका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री दाङका इन्द्रजित थारु, आन्तरिक मामिला तथा सञ्चारमन्त्री बनेका बर्दियाका तिलकराम शर्माले पनि आइतबार शपथ लिएका छन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया