नेकपा एसका मन्त्रीहरुले पार्टीसँग सल्लाहपछि मात्रै सल्लाहकार, पीए र राजनीतिक नियुक्ति गर्न पाउने

२ बर्ष अगाडि

काठमाडौं - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्रीहरुलाई सल्लाहकार, पीएलगायतका राजनीतिक नियुक्ति गर्दा पार्टीसँग सल्लाह गरेरमात्रै गर्न पनि दिर्नेशन निर्देशन दिएका छन् । 

शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाइएका पाँचै जना मन्त्रीलाई आइतबार बोलाएर माधवले यस्तो निर्देशन दिएका हुन् । 

निर्देशन दिदै उनले भनेका थिए, ‘बदनामी कमाउने र विवादमा पर्ने कुनैपनि कामहरू तपाईंहरूबाट हुने छैनन् भन्ने कुराको हामीले आशा र अपेक्षा गरेका छौँ । मन्त्रीहरू रक्सी खाएर मात्तिए, बेलुका–बेलुका फाइभस्टार होटलमा गएर रक्सी खाइरहेका छन् र आफ्नो क्लाइन्टहरू सँग बसेर यिनै कुरा गरिरहेका छन् भन्नेकुरा सुन्नु नपरोस । 

उनले थपे, सीधा कुरा, रक्सी खाने बानी छ भने पनि बानी त्याग्नुस । अरु आचरण, महिलासँग जोडिएका त्यस्ता कुनै कुराहरू सुन्नु नपरोस । त्यस्ता व्यवहारहरू तपाईंहरूबाट नहोस । ’ 

अध्यक्ष नेपालले मन्त्रिपरिषद् बैठकमा आउने विभिन्न विषयवस्तुहरूमाथि अगाडी नै सामूहिकरूपमा बसेर, छलफल गरेर साझा राय बनाएरमात्रै प्रस्तुत हुन पनि निर्देशन दिए ।

२ बर्ष अगाडि

प्रतिक्रिया