गण्डकीमा डोबाटे विश्वकर्मा मन्त्री नियुक्त, शपथ साँझ ५ बजे

२ बर्ष अगाडि

काठमाडौं - गण्डकी प्रदेश सरकारमा डोबाटे विश्वकर्मा मन्त्री नियुक्त भएका छन् ।

सोमबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वकर्मालाई मन्त्री नियुक्त गरेका हुन् । विश्वकर्माले आज साँझ ५ बजे विनाविभागीय मन्त्रीको रुपमा शपथ लिने स्रोतले जानकारी दिएको छ ।

डोबाटेको नियुक्तिसँगै गण्डकी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित १२ सदस्यीय मन्त्रिपरिषद् भएको छ । संविधानतः कुल प्रदेशसभा सदस्यको २० प्रतिशत सांसद्लाई मन्त्री बनाउन सकिने व्यवस्था छ । ६० प्रदेशसभा सदस्उ रहेको गण्डकीमा अहिले ११ जना मन्त्री छन् ।

यसअघि मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा अन्तिममा उनको नाम काटेर बिन्दुकुमार थापालाई मन्त्री बनाइएको थियो । काँग्रेसमा व्यक्तिवादी गुटका कारण दलित र पुरानो नेतालाई पाखा लगाएको भन्दै मुख्यमन्त्री पोखरेलको तीव्र आलोचना भएको थियो ।


 

२ बर्ष अगाडि

प्रतिक्रिया