यो वर्षको दशैंमा ३० अर्व दक्षिणा

असोज २७, २०७८ | आजको अर्थ
ajaako_artha

दशैंमा प्राय टिका लगाइसकेपछि दक्षिणा दिनेहरुले नयाँ नोट दिने चलन छ । त्यसका लागि सरकारले हरेक दशैंमा नयाँ नोट प्रचलनमा ल्याउँछ । 

सरकारले नयाँ नोट सटही सुविधा दिएपछि यो वर्ष असोज ४ देखि २५ गतेसम्र्ममात्रै ३० अर्ब रुपैयाँ नयाँ नोट साटिएको छ । ५०० र १०० दरका १७ अर्ब र १०० भन्दा तलका १३ अर्ब गरी कूल ३० अर्ब रुपैयाँ नयाँ नोट साटिएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए ।

राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँका एक सेट गरी एक जनाले साढे १८ हजार रुपैयाँ साट्न पाउने व्यवस्था गरेको थियो । राष्ट्र बैंकले आफ्ना देशभर रहेका कार्यालय र विभिन्न बैंकहरुमार्फत् नयाँ नोट सटही सुविधा उपलब्ध गारएको थियो ।

राष्ट्र बैंकले प्रत्येक दशैंमा नयाँ नोट सटहीको सुविधा उपलब्ध गराउँदै आएको छ । आम सर्वसाधारणहरु पनि घन्टौं लाइन बसेर नयाँ नोट साट्दैका छन् ।
के यो ३० अर्बका नयाँ नोट सबै दक्षिणा दिनमा खर्च होला ? 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८