केन्द्रीय सदस्य छनोटप्रति नेकपा एसमा असन्तुष्टि

२ बर्ष अगाडि

काठमाडौं - माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा केन्द्रीय कमिटी विस्तारका क्रममा भएको सदस्य छनोट र कार्यविभाजनप्रति असन्तुष्टि देखिएको छ । 

पार्टी नेतृत्वले केन्द्रीय सदस्य छनोट गर्दा मापदण्ड बनाएर गरिएको बताएपनि उक्त मापदण्ड व्यक्ति विशेषमा मात्र लागु गरिएको भन्दै सो पार्टीका युवा, विद्यार्थीहरूले असन्तुष्टि जनाएका हुन् ।

‘कुन विधि, कसको लागि, मापदण्ड एउटा पात्र छनोट अनेक खल्तीबाट आफू अनुकूल आफ्नो त्यो पनि निजी । सङ्कीर्ण भावना राखेर पार्टी निर्माण गर्ने गलत सोच राख्ने’, नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले असन्तुष्टि जनाउँदै भनेका छन्, ‘अहिलेदेखि नै गलत मानसिकताबाट व्यक्ति छनोटलाई रुचाउने परिपाटीबाट असलरसकारात्मक  अभ्यास गर्ने नयाँ संकल्प चाहिँ भन्ने मात्रको नारा होला होइन कमरेड रु’ 

त्यस्तै उनले केन्द्रीय कमिटी निर्माण गर्ने जिम्मा पाएका नेताहरूलाई आफ्नै अनुहार हेर्न भनेका छन् । ‘नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटी निर्माण गर्ने जिम्मा पाएका कमरेडले विधिरमापदण्डको मुहार र आफ्नो मुहार एकचोटी हेर्न अनुरोध गर्दछु’, पराजुलीले सामाजिक सञ्जाल फेसबुकमार्फत असन्तुष्टि जनाएका छन् । ‘प्रचारमा युवा मैत्री तर पार्टी संरचनारव्यवहारमा शून्यता म, मेरो, निजीलाई प्राथमिकता । कुण्ठाले मात्र पार्टी संरचनाको नेता हुन्छु भन्ने कलिलो सोच नदेख्दा नै राम्रो हुन्छ,’ पराजुलीले भनेका छन् । 


 

२ बर्ष अगाडि

प्रतिक्रिया