मन्जु यादवद्धारा नेकपा एसको वैकल्पिक केन्द्रीय सदस्य अश्वीकार

२ बर्ष अगाडि

काठमाडौं - नेकपा एकीकृत समाजवादीको वैकल्पिक केन्द्रीय कमिटी सदस्यमा मनोनित भएकी युवा नेता तथा प्रदेश २ की सांसद मन्जु यादवले मनोनयन प्रक्रियाप्रति असहमति जनाउँदै सो पद अश्वीकार गरेकी छन् ।

सांसद यादवले मनोनयन गर्ने प्रक्रिया र मापदण्डप्रति नै आफ्नो असहमति रहेकाले वैकल्पिक केन्द्रीय सदस्य अश्वीकार गरेको बताइन् । उनले जिल्लामा संगठन गर्नेहरुलाई पाखा लगाएर आफन्त र नातागोतालाई माथि लैजाने प्रवृतिसँग आफू सहमत नरहेको बताइन् ।

यादवले भनिन्– माथिल्लो कमिटीमा आफू बस्ने अनि तल्ला कमिटीमा श्रीमती, साली र नातागोतालाई मनोनित गर्ने प्रवृति नेकपा एसमा देखियो । मेरो चुनौति छ, आउने चुनावमा माथिल्लो कमिटीमा बसेकाहरु प्रतिनिधिसभा चुनावको टिकट लिने आँट गरुन् ।


 

२ बर्ष अगाडि

प्रतिक्रिया