सरकारले बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले विपदबाट मृत्यु भएकाहरूको परिवारलाई प्रतिव्यक्ति २ लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको जानकारी दिए ।
आज बसेको मन्त्रीपरिषद बैठकले विपदका घटनामा परेर मृत्यु भएका व्यक्तिका परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार मन्त्रिपरिषद् बैठकले परिवारमा कसैको मृत्यु भएमा प्रतिपरिवार दुई लाख, सोही परिवारका अन्य सदस्यको समेत मृत्यु भएको भएमा प्रतिव्यक्ति थप १ लाखका दरले एकद्धार नीतिबाट राहत उपलब्ध गराउने, घरआवास, बाली नष्ट भएर तत्काल गुजाराका लागि खाद्यान्नसमेत नभएका परिवारलाई प्रतिव्यक्ति ५ जनासम्म सदस्य भएको परिवारलाई १५ हजार, ५ जनाभन्दा बढी परिवार भएकालाई २० हजारका दरले तत्काल नगद सहायता उपलब्ध गराउने निर्णय गरेको छ।
त्यस्तै, घाइतेको उपचारको सम्पूर्ण व्यवस्था सरकारले गर्ने, सम्बन्धित मन्त्रालयहरूले विपदबाट क्षतिको यथासक्य छिटो प्रतिवेदन पेस गर्ने, सडक, पुल दुरसञ्चार, विमानस्थलजस्ता अत्यावश्यक संरचनाको मर्मतसम्भार गरी तत्काल सञ्चालनको व्यवस्था मिलाउने, विपद् व्यवस्थापन कोषमा आवश्यक रकम उपलब्ध गराई सञ्चालनमा ल्याउने, प्रभावित क्षेत्रमा रोग फैलन नदिने प्रबन्ध गर्ने, राहत र उद्धारमा सहयोगका लागि प्रदेश र स्थानीय तहलाई आग्रह गर्नेलगायतका निर्णय गरेको कार्कीले जानकारी दिए।
यस्तै बैठकले बाढीपहिरोबाट प्रभावितलाई घर बनाउन हिमालमा भए पाँच लाख, पहाडमा चार लाख र तराईमा तीन लाख उपलब्ध गराउने निर्णय गरेको छ ।
यता, बाढीपहिरोबाट विस्थापितलाई अस्थायी बसोबासका लागि तत्काल ५० हजार रुपैयाँ उपलब्ध गराउने सरकारले निर्णय गरेको छ । साथै बैठकले राज्यका सबै संयन्त्र प्रयोग गरेर राहत तथा उद्धारलाई प्रभावकारी बनाउने निर्णयसमेत गरेको छ ।
मुद्रा | एकाइ | खरिद | बिक्री |
---|---|---|---|
INR (INDIAN RUPEE) | १०० | १६०.०० | १६०.१५ |
USD (U.S. DOLLAR) | १ | १२३.६३ | १२४.२३ |
EUR (EUROPEAN EURO) | १ | १२८.८८ | १२९.५१ |
GBP (UK POUND STERLING) | १ | १५१.४५ | १५२.१८ |
CHF (SWISS FRANC) | १ | १२३.१४ | १२३.७४ |
AUD (AUSTRALIAN DOLLAR) | १ | ८५.५८ | ८५.९९ |
CAD (CANADIAN DOLLAR) | १ | ९५.६६ | ९६.१३ |
SGD (SINGAPORE DOLLAR) | १ | ८८.६८ | ८९.११ |
JPY (JAPANESE YEN) | १० | ९.५६ | ९.६१ |
CNY (CHINESE YUAN) | १ | १८.२१ | १८.३० |
SAR (SAUDI ARABIAN RIYAL) | १ | ३२.९६ | ३३.१२ |
QAR (QATARI RIYAL) | १ | ३३.८५ | ३४.०१ |
THB (THAI BAHT) | १ | ३.५५ | ३.५७ |
AED (UAE DIRHAM) | १ | ३३.६६ | ३३.८२ |
MYR (MALAYSIAN RINGGIT) | १ | २८.११ | २८.२५ |
KRW (SOUTH KOREAN WON) | १०० | ९.६३ | ९.६७ |
SEK (SWEDISH KRONER) | १ | १२.२६ | १२.३२ |
DKK (DANISH KRONER) | १ | १७.३२ | १७.४० |
HKD (HONG KONG DOLLAR) | १ | १५.७५ | १५.८३ |
KWD (KUWAITY DINAR) | १ | ४०२.५९ | ४०४.५४ |
BHD (BAHRAIN DINAR) | १ | ३२७.९२ | ३२९.५१ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।