कारोबार खुलेको दुई घण्टामा पाँच कम्पनीमा उच्च खरीद, कुनमा कति ?

२ बर्ष अगाडि

काठमाडौं - आज विहिबार साताको अन्तिम कारोबारको दिन बजार खुलेको दुई घण्टाको अवधिमा पाँच ओटा कम्पनीमा उच्च खरीद माग रहेको छ ।

कारोबारमा आएका २१२ ओटा कम्पनी मध्ये पाँच ओटा कम्पनीमा उच्च खरीद माग रहेको छ । एनआईसी एशिया ब्यालेन्स फण्ड, एनआईसी एशिया ग्रोथ फण्ड,ग्लोबल आइएमई समुन्नत स्किम-१,सानिमा बैंक र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम-२ को इकाईमा उच्च खरीद माग रहेको हो । 

ती पाँच ओटा कम्पनीमध्ये सबैभन्दा बढी एनआईसी एशिया ब्यालेन्स फण्डको ३ लाख ६३ हजार १३० इकाई खरीद माग रहेको छ । त्यसैगरी एनआईसी एशिया ग्रोथ फण्डको १ लाख ८९ हजार ७०० इकाई खरीद माग रहेको छ । 

यस्तै ग्लोबल आइएमई समुन्नत स्किम-१ को १ लाख ७८ हजार ३० इकाई,सानिमा बैंकको १ लाख ६९ हजार ७७ कित्ता र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम-२ को १ लाख ६३ हजार ६३६ इकाई खरीद माग रहेको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया