नेपालमा कोरोना संक्रमण निको हुने दर ९७.२ पुग्यो

कात्तिक ४, २०७८ | आजको अर्थ
ajaako_artha

नेपालमा कोरोना संक्रमण निको हुने दर ९७.२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार निको हुने दर बढेको हो । 

प्राप्त विवरण अनुसार पछिल्लो २४ घण्टामा देशभर ५४५ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ७२६ जना संक्रमणमुक्त भएका छन् ।

अर्थात हालसम्म कोरोना संक्रमितमध्ये ७ लाख ८४ हजार ८८१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ७ हजार ५२२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९३ लाख ७७१ जनामा संक्रमण पुष्टि भएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ११ हजार ३२६ पुगेको छ । हाल देशभर ११ हजार ३१५ जना सक्रिय संक्रमित रहेका छन् । 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८