मेस्सीले पाँचौं पटक जिते ‘गोल ५० बेस्ट प्लेयर अवार्ड’

विहीबार, ०२ मंसिर २०७८, ११ : २७

काठमाडौं - पेरिस सेन्ट जर्मेन ९पीएसजी० का फरवार्ड लियोनल मेस्सीले ‘गोल ५० बेस्ट प्लेयर अवार्ड’ हात पारेका छन् ।

समर्थकहरुले गरेका भोटिङका आधारमा सर्वाधिक भोट ल्याइ मेस्सीले गोल डटकमले प्रदान गर्ने २०२१ को अवार्ड हात पारेका हुन् ।

मेस्सीले क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै अवार्ड जितेका हुन् । गत वर्षको विजेता रोबर्ट लेवान्डोस्की तेस्रो स्थानमा रहेका छन् ।

मेस्सीले पाँचौं पटक गोल ५० अवार्ड पाएका हुन् । उनले रोनाल्डोले बनाएको सर्वाधिक धेरै यस अवार्ड जित्ने खेलाडीको कीर्तिमानमा बराबरी समेत गरेका छन् ।
 

विहीबार, ०२ मंसिर २०७८, ११ : २७

प्रतिक्रिया