१० खेलाडीमा सिमित पीएसजीको सानदार जित, लिग वानमा मेस्सीको पहिलो गोल

२ बर्ष अगाडि

एजेन्सी - फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित निकाल्दै शीर्ष स्थानको अग्रता बढाएको छ । शनिबार राति नान्टेसलाई ३-१ गोल अन्तरमा हराउँदै पिएसजीले शीर्ष स्थानमा १२ अंकको अग्रता बनाएको हो।

घरेलु मैदानमा पिएसजीलाई जिताउन लिओनल मेसी र केलियन एमबाप्पेले १-१ गोल गरे । थप एक गोल उपहार पाएको थियो । नान्टेसका लागि रण्डाल कोलो मुआनीले गोल गरेका थिए ।

पिएसजीले खेलको दोस्रो मिनेटमै एम्बाप्पेको गोलबाट सुरूवाती अग्रता लिएको थियो । पहिलो हाफसम्म १-० गोलले अग्रता लिएको पिएसजी दोस्रो हाफमा १० खेलाडीमा सिमित भएको थियो ।

खेलको ६५ औं मिनेटमा गोलकिपर केयलर नाभासले रातो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा समेटिएको थियो । १० खेलाडीमा समेटिएको प्रत्यक्ष फाइदा उठाउँदै खेलको ७६ औं मिनेटमा रण्डाल कोलो मुआनीले गोल गर्दै नान्टेसलाई १-१ गोलको बराबरीमा ल्याए ।

तर खेलको ८२ औं मिनेटमा नान्टेसका डेनिसले आत्मघाती गोल गरेपछि पीएसजी २-१ ले अघि रह्यो । त्यसपछि खेलमा ३ मिनेट बाँकी हुँदा लियोनल मेस्सीले गोल गर्दै पीएसजीलाई ३-१ को जित दिलाए । 

मेस्सीको यो पहिलो लिग वान गोलसमेत हो । पीएसजीका लागि ६ खेल खेल्दा शनिबार पहिलो गोल गरेका हुन् । जितसँगै पीएसजीले १४ खेलमा ३७ अंक जोडेको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया