एमाले महाधिवेशनमा ५ करोड बढीको कारोबार हुने, ३५ सय बेड छुट्याउन सम्झौता

२ बर्ष अगाडि

काठमाडौं - नेकपा एमालेको दशौँ महाधिवेशन क्रममा पार्टीको बन्दसत्रको कार्यक्रम चितवनको सौराहामा हुने भएको छ । एमाले महाधिवेशनमा ५ करोड रुपैयाँभन्दा बढीको कारोबार हुने सौराहाका व्यवसायीको अनुमान छ ।

नेकपा एमालेले महाधिवेशनमा आउने प्रतिनिधि तथा पाहुनाका लागि भनेर ३५ सय बेड छुट्याउन क्षेत्रीय होटल सङ्घ सौराहासँग सम्झौता गरिसकेको छ । उनीहरूका लागि कोठाका साथै ब्रेकफास्ट र दुई छाक खाना सम्बन्धित होटलमै र बाँकी ३ छाक खाना बन्दसत्र स्थलको मेसमा खुवाउने तयारी पार्टीको छ ।

सौराहाका होटल व्यवसायीहरूको आकलनमा महाधिवेशन अवधि मंसिर १० देखि १२ गतेसम्म एमालेसम्बद्ध करिब ७ हजारभन्दा धेरै सौराहामा रहने छन् । सौराहाका होटलको क्षमता भने करिब ६ हजार ५ सय जनालाई राख्न सक्ने छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया