नव नायक कुन्साङ संग स्क्रिन शेयर गर्दै एलिजा गौतम

२ बर्ष अगाडि

काठमाडौं, एलिजा गौतमको दोस्रो फिल्म ‘घुँइचो’ मा पनि नव नायकसँग जोडी बाँधिने भएको छ । यो फिल्ममा उनको अपोजिटमा मोडल कुन्साङ बोम्जन देखिने भएका हुन् । 
 
कुन्साङले ‘तिम्रो माया, तिम्ले देको गलबन्दी, केवल तिमी भित्रै, धड्किरहन्छ मुटुभरी, बन्द तिम्रै नाम’ लगायत एक दर्जन बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् । म्यूजिक भिडियोमा दर्शकले उनको जोडी मलिका महतसँग मन पराएका छन् । बजारमा उनीहरु प्रेममा रहेको चर्चा पनि चलिरहेको छ । अब ‘घुँइचो’ मा दर्शकले उनलाई मुख्य नायकको रुपमा देख्न पाउनेछन् ।
 
यो फिल्मका लागि निर्देशकको अफर ‘छ माया छपक्कै’ फेम्ड निर्देशक दीपेन्द्र लामालाई गरिएको छ । तर, उनले फिल्म साइन गरिनसकेको जानकारीमा छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया