हालको बजेट संरचनाले खेल क्षेत्रको विकास सम्भव छैन : मन्त्री महेश्वरजंग गहतराज

२ बर्ष अगाडि

काठमाडौं - हाल विद्यमान बजेट संरचनाले खेल क्षेत्रको विकास सम्भव नभएको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले बताएका छन् ।

सोमबार अन्तराष्ट्रिय पदक बिजेता खेलाडी र राष्ट्रिय टिमका खेलाडीबिच भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गहतराजले बजेटमा खेल क्षेत्रलाई उपेक्षा गरीएको बताएका हुन् ।

युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा मन्त्रालयकै सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गहतराजले मन्त्रालयको स्तर उकास्न अपरिहार्य रहेको बताए ।

साथै आफुले मन्त्रालय सम्हाले लगत्तै खेलाडीहरुको ब्यवस्थापनकालागि विभिन्न चरणमा छलफल चलाएको उल्लेख गर्दै खेल क्षेत्रको विकासकालागि निजी क्षेत्रको लगानी बढाउन राज्यले विश्वासको वातावरण सृजना गर्नुपर्ने उनको भनाई थियो । 

विभागिय टिमले नेपालमा खेलाडी उत्पादन तथा संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको भन्दै मन्त्री गहतराजले प्रशंसा गरे ।

२ बर्ष अगाडि

प्रतिक्रिया