सलमान खानको फिल्म ‘अन्तिम’ नेपालले १ करोड ३५ लाखमा खरिद गर्दै

२ बर्ष अगाडि

काठमाडौं, सलमान खान अभिनीत नयाँ फिल्म ‘अन्तिम’ यही शुक्रवार नोभेम्बर २६ बाट प्रदर्शनमा आउँदैन ।  गोपीकृष्ण मुभिज मातहतको कम्पनी ‘ए एट फिल्मस्’ ले यो फिल्मलाई ठूलो रकम तिरेर नेपाल प्रदर्शन राइट्स लिएको छ । कम्पनीका अध्यक्ष निरज पौडेलले फिल्मलाई नेपाल ल्याउन एक करोड ३५ लाख तिरेको जानकारी प्राप्त छ ।
 
नेपालका १२५ वटा हलमा फिल्म रिलिज हुने कम्पनीले जनाएको छ । तिहारमा  रिलिज भएको बलिउड फिल्म ‘सुर्यवंशी’ ले पनि नेपालमा सय बढी हल पाएको थियो । यो फिल्मले नेपालमा आक्रामक व्यापार गरेको देखेपछि ‘ए एट फिल्मस्’ ले उत्साहित भएर सलमानको फिल्मलाई मोटो रकम तिरेको हुनसक्ने देखिन्छ । ‘अन्तिम’ हेर्नका लागि पनि हलसम्म दर्शक पुग्ने अपेक्षा धेरैको छ । 
 

२ बर्ष अगाडि

प्रतिक्रिया