एड्भेन्चर बाइक टीआरके ८०० सार्वजनिक, यस्ता छन् फिचर

२ बर्ष अगाडि

काठमाडौं, बेनेलीले हाल इटालीमा जारी मोटरसाइकल शो ईआईसीएमएमा टीआरके ८०० एड्भेन्चर बाइक प्रदर्शन गरेको छ । टीआरके बाइक युरोपेली बजारमा निकै लोकप्रिय बनेको छ । चिनियाँ स्वामित्वमा रहेको इटालियन कम्पनीले यसको नयाँ मोडल सार्वजनिक गरेको हो ।

बाइकमा फुल एलईडी हेडल्याम्प, ७ इन्चको टीएफटी इन्स्ट्रयुमेन्ट क्लस्टर, एडजस्टेबल विन्डशिल्ड, स्प्लिट सिट, स्प्लिट पिलियन ग्र्याब रेल, साइड माउन्टेड एक्जस्ट र गार्ड फिचर समावेश गरिएको छ । बाइकमा १९ इन्च/१७ इन्च स्पोक आल्मुनियम ह्विल जडान गरिएको छ जसले ट्युबलेस टायरलाई सपोर्ट गर्छ ।

बाइकमा ७५४ सीसी, प्यारेलर ट्वीन इन्जिन समावेश गरिएको छ । सो इन्जिनले ७५ बीएचपी पावर र ६७ एनएम टर्क जेनेरेट गर्छ । यसलाई ६ स्पिड गियरबक्ससँग जोडिएको छ । सो इन्जिन बेनेली लियोन्सिनो ८०० मा प्रयोग भएको थियो ।

बेनेली टीआरके ८०० मा ५० एमएम यूएसडीको फुल एड्जस्टेबल फ्रन्ट फोर्क र प्रिलोड र रियर मोनोसक सस्पेन्शन समायोजन गरिएको छ । ब्रेकिङको लागि बाइकमा डुअल ३२० एमएम रोटर अप फ्रन्ट र सिंगल २६० एमएम रोटर जडान गरिएको छ ।

टीआरके ८०० मा २११ एमएमको ग्राउन्ड क्लियरेन्स छ । यसको सिट उचाइ ८३४ एमएम र कर्ब वजन २२६ किलोग्राम रहेको छ ।

बेनेली टीआरके ८०० सन् २०२२ मा अन्तर्राष्ट्रिय बजारमा डिलरशिपमा पुग्ने अपेक्षा गरिएको छ । रिपोर्टका अनुसार टीआरके ८०० अर्को वर्ष भारतमा लन्च गरिने अनुमान गरिएको छ ।

नेपाली बजारमा पनि बेनेलीको आधिकारिक वितरकको रुपमा केटीएम इन्टरनेसनलले विभिन्न मोडलका बाइक बिक्री–वितरण गरिरहेको छ । ग्राहकको चाहना भएमा यो बाइक पनि नेपाली बजारमा भित्रिने अनुमान गर्न सकिन्छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया