हालसम्मकै महङ्गोमा बिक्यो ‘प्रकाश’ को डिजिटल राइट्स, हिन्दी भाषामा पनि प्रदर्शन हुने

शुक्रबार, १७ मंसिर २०७८, ०७ : २२

काठमाडौं - बिनिस इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र ‘प्रकाश’ को डिजिटल राइट्स अहिलेसम्मकै महङ्गो मूल्यमा बिक्री भएको छ ।

डिएआर मुभिजले उक्त सिनेमाको डिजिटल राइट्स खरिद गरेको हो । सिनेमा ‘प्रकाश’ निर्माता महेन्द्र अधिकारी, वितरक रोहित कट्टेल र डिएआर मुभिजका तर्फबाट सञ्चालक श्याम धितालको उपस्थितिमा सिनेमा खरिद सम्झौता गरिएको छ ।

हालसम्म कै महङ्गो रकममा डिजिटल राइट्स बिक्री भएको निर्माता अधिकारीले बताए । डिएआर मुभिजले उक्त सिनेमाको डिजिटल राइट्स ८० लाख रुपैयाँमा खरीद गरेको हो ।

सिनेमाको भारतमा हिन्दी भाषामा डब गरेर समेत प्रदर्शन गर्ने तयारी रहेको जानकारी निर्माताले दिए । सिनेमा भारतका विभिन्न शहरमा रहेका सिनेमा हलमा नेपाली भाषामा समेत प्रदर्शन गरिनेछ ।

दिनेश राउतको निर्देशन तथा अभिनेता प्रदिप खड्काको मुख्य भुमिका रहेको सिनेमामा रेनु योगी, दीया मास्के, प्रकाश घिमिरे, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाही लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

शुक्रबार, १७ मंसिर २०७८, ०७ : २२

प्रतिक्रिया