ला लिगा : आज एकैदिन सेभिल्ला, बार्सिलोना, एथ्लेटिको मड्रिड र रियल मड्रिडको खेल हुँदै

२ बर्ष अगाडि

एजेन्सी - स्पेनिस ला लिगा फुटबल प्रतियोगिता अन्तरगत आज लिगका चार महत्त्वपूर्ण खेल हुँदैछन् । लिगका सबै बलिया टोलीले आज एकैदिन आ–आफ्ना खेल खेल्न लागेका हुन् । 

आज सेभिल्ला, बार्सिलोना, एथ्लेटिको मड्रिड र रियल मड्रिडले लिगको १५औं साता अन्तर्गत आ–आफ्ना खेल खेल्न लागेका हुन् ।

आजको पहिलो खेलमा सेभिल्ला र भिल्लारियल साँझ ६ः४५ बजेबाट भिड्नेछन् । यो खेल सेभिल्लाको घरेलु मैदानमा हुनेछ । 

अर्को खेलमा बार्सिलोना र रियल बेटिसको भिडन्त हुँदैछ । यो खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउ रंगशालामा नेपाली समय अनुसार राति ठीक ९ बजेबाट सुरु हुनेछ । 

अर्को महत्त्वपूर्ण खेलमा एथ्लेटिको मड्रिड र मालोर्का भिड्दैछन् । गत सिजनको उपाधि च्याम्पियन एथ्लटिकोले यो सिजन राम्रो सुरुआत गर्न सकेन । आज आफ्नो घरमा उत्रिँदा ऊ नवौं जितको खोजीमा हुनेछ । 

आजको अन्तिम खेलमा रियल मड्रिड र रियल सोसिडाडको खेल पनि हुँदैछ । यो खेल सोसिडाडको घरेलु मेदाना नेपाली समय अनुसार राति ठीक १ः४५ बजेबाट सुरु हुनेछ । 

२ बर्ष अगाडि

प्रतिक्रिया