मैवाखोलामा प्रथम अध्यक्ष भलिबल प्रतियोगिता हुँदै, प्रथम पुरस्कार ३ लाख

२ बर्ष अगाडि

ताप्लेजुङ - ताप्लेजुङको मैवाखोला गाउँपालिकाले प्रथम अध्यक्ष भलिबल प्रतियोगिता २०७८ सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले ३ लाख राशि पुरस्कार भएको उक्त प्रतियोगिता सञ्चालन गर्न लागेको हो । 

आगामी मंसिर २४ गतेदेखि पालिकाको केन्द्र साँघुमा पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको सञ्चालन हुने पालिकाका प्रवक्ता थर्क कुमार चोङवाङ (दिवस) ले जानकारी दिए ।

खेलमा सहभागी हुनका लागि मैवाखोला बाहेक जिल्लाका ८ ओटा स्थानिय तहलाई पत्रचार गरि सकिएको उनले बताए । सहभागी हुने पालिकाका लागि मंसिर २३ गतेसम्म नाम दर्ता गर्ने समयावधि रहेको छ । 

खेलको विजेताले नगद ३ लाख सहित १ सय ६० तोला चाँदी जडित तीन वर्षे अध्यक्ष रनिङ कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै उपविजेताका लागि नगद १ लाख ५० हजार सहित कप, मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको छ । 

सेमी फाइनलमा पुग्ने दुई टीमलाई सान्त्वना स्वरुप नगद ३५ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया