नेपाली बजारमा भित्रियो चांगन चिनियाँ गाडी, मूल्य कति ?

मंसिर १८, २०७८ | आजको अर्थ
ajaako_artha

काठमाडौं - चांगन अटोको लागि नेपालका आधिकारिक वितरक एमएडब्ल्युले आफ्नो प्रिमियम सेडान ‘एल्सभिन’ सार्वजनिक गरेको छ । कम्पनीले ४२ लाखमा नयाँ सेडान सार्वजनिक गरेको हो । 

नेपाली बजारको लागि यो चांगनको पहिलो गाडी हुनेछ ।कम्पनीले गाडीको बिक्रीसँगै त्यसपछिको सेवामा समेत ध्यान पुर्याउने जनाएको छ ।

कम्पनीका अनुसार उपभोक्ताले एल्सभीनबाट विलासिता,आराम र कार्यक्षमताको मिश्रण पाउने छन् । एल्सभीनमा १।४ लिटर ब्लुकोर इन्जिन, ६–स्पिड म्यानुअल ट्रान्समिसन र १,३७० सिसीको इन्जिन जडित छ । 

ब्लुकोर इन्जिनले ९९ बिएचपी पावर र १३५ एनएम टर्क जेनेरेट गर्छ । जसले अधिकतम कार्यसम्पादन र इन्धनको इकोनोमी प्रदान गर्दछ ।

गाडीमा २,५३५ एमएम ह्विलबेस र १६५ एमएम ग्राउन्ड क्लेरेन्स छ । यसमा १५ इन्चको अलोय ह्विल छन् । एल्सभीनमा ४ सिलिन्डरहरू छन् र यसमा ३९० लिटरको डिकी स्पेस छ । त्यस्तै गाडीमा ७ इन्च इन्फोटेनमेन्ट टचस्क्रिन पाउन सकिन्छ ।

चांगन अटो चीनको नम्बर १ प्यासेन्जर ब्रान्ड हो । यसले नेपालमा समेत राम्रो प्रतिक्रिया बटुल्नेमा कम्पनी सकारात्मक छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८