प्रिमियर लिग : आज  चेल्सी, वेस्ट ह्याम, म्यानचेस्टर सिटी र लिभरपुलको खेल हुँदै

२ बर्ष अगाडि

एजेन्सी - इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा आज तीन महत्त्वपूर्ण खेलहरू हुँदैछन् । 

आज १५औं साता अन्तर्गत लिग लिडर चेल्सी, चौथो स्थानको वेस्ट ह्याम, दोस्रो स्थानको म्यानचेस्टर सिटी, तेस्रो स्थानको लिभरपुलले आ–आफ्नो खेल खेल्न लागेका हुन् । 

आजको पहिलो खेलमा साँझ ६ः१५ बजेबाट चौथो स्थानको वेस्ट ह्याम र लिग लिडर चेल्सी आमनेसामने हुँदैछन् । यो खेलका लागि लिडर चेल्सी पाहुना टोली बनेर वेस्ट ह्यामको घरेलु मैदानमा उत्रिँदैछ । दोस्रो खेलमा न्यूक्यासल र बर्नली खेल्दैछन् । यो खेल राति ठीक ८ः४५ बजेबाट सुरु हुनेछ ।

आजको तेस्रो खेलमा उल्भ्स र लिभरपुलको रोमाञ्चक खेल हुँदैछ । यो खेल उल्भ्सको घेलु मैदानमा नेपाली समय अनुसार राति ठीक ८ः४५ बाजेबाट सुरु हुनेछ । अर्को खेलमा सोही समयबाट साउथह्यामपटन र ब्राइटनको खेल पनि हुँदैछ । यो खेल साउथह्यामपटनको घरेलु मैदानमा हुनेछ ।

आजको अन्तिम खेलमा वाटफोर्ड र म्यानचेस्टर सिटी भिड्दैछन् । यो खेल वाटफोर्डको मैदानमा राति ठीक ११ः१५ बजेबाट सुरु हुनेछ । 

आज हुने यी खेलमध्ये लिग लिडर चेल्सी र चौथो स्थानको वेस्ट ह्यामको खेल रोमाञ्चक हुनेछ । हाल अंक तालिकामा चेल्सी ३३ अंकका साथ शीर्ष स्थानमा रहँदा म्यानचेस्टर सिटी ३२ अंकसहित दोस्रो तथा ३१ अंक भएको लिभरपुल तेस्रो स्थानमा छ । 

२४ अंक भएको वेस्ट ह्याम चौथो स्थानमा रहँदा २३ अंक भएको आर्सनल पाँचौं स्थानमा छ । टोटनह्याम २२ अंकका साथ छैटौं स्थानमा छ भने म्यानचेस्टर युनाइटेड २१ अंकका साथ सातौं स्थानमा मात्रै रहेको छ ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया