कांग्रेस प्रदेश नं १ का सभापतिमा थापा, बागमतीमा बानियाँ

२ बर्ष अगाडि

काठमाडौं - नेपाली कांग्रेसको प्रथम प्रदेश नं १ अधिवेशनबाट सभापति पदमा उद्धव थापा निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनबाट उहाँले ८४४ मत प्राप्त गरेका थिए । उनका प्रतिद्वन्द्वी गुरुराज घिमिरेले ८४० मत प्राप्त गरेका थिए ।
    
यसैगरी, उपसभापतिमा टङ्कप्रसाद राई र रमेशजङ्ग रायमाझी, महामन्त्रीद्वय उमेश थापा र भूपेन्द्र राई, सहमहामन्त्रीमा प्रमिलाकुमारी गच्छदार, खड्ग फागो र विनोदकुमार बस्नेत विजयी हुनुभएको कांग्रेस मोरङले जनाएको छ । अन्य पदको मतगणना जारीे छ ।

बागमती प्रदेशमा बानियाँ
नेपाली कांग्रेसको प्रथम बागमती प्रदेश  अधिवेशनबाट सभापति पदमा इन्द्रबहादुर बानियाँ  निर्वाचित भएका छन् । आइतबार सम्पन्न  निर्वाचनबाट उहाँले एक हजार ८५ मत प्राप्त गरेका थिए । 

उनका निकटतम प्रतिद्वन्द्वी जगदिश्वरनरसिंह केसीले ९२७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत केशव काफ्लेले जानकारी दिए ।  १३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । 

यसअघि  शनिबार सम्पन्न मतदानबाट कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसक्नुभएपछि आइतबार पुनः मतदान भएको थियो । पहिलो निर्वाचनमा  बानियाँले ९९२ मत प्राप्त गर्नुभएको थियो भने केसीले ८७७ मत प्राप्त गरेका थिए । 

कांग्रेसको विधानमा कुनै पनि उम्मेदवारले कूल खसेका मतमा ५१  प्रतिशतभन्दा कम प्राप्त गरेमा पुनः निर्वाचन गर्नुपर्ने प्रावधान  छ । आइतबार मतदान हुनुअघि सभापतिका अर्का  उम्मेदवार भीमसेनदास प्रधानले आफ्नो समर्थन नेता बानियाँलाई रहेको घोषणा गरेका थिए । 

२ बर्ष अगाडि

प्रतिक्रिया